Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

धनगढीमा शक्ति प्रदर्शनले सर्वसाधारणलाई सास्ती, मुख्य सडक राजनीतिक दलको पेवा हो ?

धनगढीमा शक्ति प्रदर्शनले सर्वसाधारणलाई सास्ती, मुख्य सडक राजनीतिक दलको पेवा हो ?

लखन चौधरी 

देशमा बढ्दो राजनीति खिचातानीले मन्त्रीको कुर्सी मात्रै होइन आममानिसको दिनचार्य समेत प्रभावित भएको छ। पछिल्लो एक महिनायता सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा प्रायः दिनहुँ विरोध प्रदर्शन हुँदै आएको छ। जसले आमसर्वसाधारणलाई निकै सास्ती हुँदै आएको हो।

मंगलबार धनगढीमा आयोजित नेकपा (प्रचण्ड–नेपाल)को विरोध प्रदर्शनको क्रममा प्रशासनले क्याम्पस चौकदेखि चौराहासम्मको मुख्य सडकमा आवागन बन्द गर्यो। यसैबीच धनगढी उपमहानगरपालिका ७ देवहरियाका रामदिन राना धनगढीको चौराहामा कामको शिलशिलामा हिँडे।

तर मुख्य सडक बन्द हुँदा उनी वैकल्पिक बाटो हुँदै करिब १ घण्टाको साइकल यात्रापछि गन्तव्यमा पुगेको बताउँछन्। जबकि मुख्य सडक भएर जाँदा उनलाई १५ मिनेट समय लाग्छ। राना मात्रै होइन, उसैपनि जनचापले निकै भिडभाड हुने मुख्य सडकमा आवागमन बन्द गरिँदा सर्वसाधारणलाई निकै सास्ती हुँदै आएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गराउनु भन्दा पहिले राजावादी समूहले सरकारको विरोधमा शक्ति प्रदर्शन गरे। धनगढी बजार जाम हुने गरी शक्ति प्रदर्शन गरे। त्यसको केही दिन बित्न नपाउँदै प्रतिनिधि सभा बिघटन भयो। सबै राजनीतिक दल सडकमा उत्रिए। 

साना ठूला सबै दलको शक्ति प्रदर्शनको थलो नै धनगढीको मुख्य सडक बन्न पुगेको हो। जनता समाजवादी पार्टी, विवेकशिल साझा, राष्ट्रिय जनमोर्चा, नेपाली काँग्रेस, नेकपाको दुई गुट, ओली र प्रचण्ड–नेपाल समूह पनि सडकमै उत्रिए।

तर धनगढीको मुख्य सडक घण्टौंसम्म जाम हुने गरी हुने प्रदर्शनले आमसर्वसाधारणलाई पार्नसम्म पीडा दिएको हो।  प्रदर्शनको क्रममा प्रशासनले धनगढीको चौराहादेखि क्याम्पस चौकसम्मको मुख्य सडकमा आवागमनमा रोक लगाउँदै आएको छ।

वैकल्पिक सडकको रुपमा शहीद गेटदेखि क्याम्पस रोडको सडकलाई बनाइन्छ। तर निकै नै भत्केको सो सडकको स्तरोन्नतीको कार्य जारी छ। ठाउँ–ठाउँमा निर्माण सामग्री थुपारिएका छन्। जसले गर्दा निकै सास्ती हुँदै आएको धनगढीको धनगढी गाउँका स्थानीय रामदास चौधरी बताउँछन्।

आक्रोशित हुँदै उनी भन्छन्, ‘धनगढीको मुख्य सडक राजनीतिक दलको पेवा हो ? उनीहरुको आन्दोलन गर्ने थलो हो ? हामीहरु हिड्नै नपाउने ? यिनीहरुको राजनीतिक लडाइले हामी जस्ता ज्याला मजदुरी गरी खानेको जीवनमा केही फरक पर्नेवाला छैन।’

उसो त धनगढीमा कार्यक्रम गर्न सार्वजनिक स्थानको अभाव हुँदै आएको छ। तर सार्वजनिक स्थान व्यवस्थापनमा ध्यान नदिँदा र मुख्य सडकमै प्रदर्शन गर्ने परिपाटीले आमसर्वसाधारणलाई निकै सास्ती हुने गरेको हो। जसको मुख्य जिम्मेवार स्थानीय प्रशासन र जनताको लागि राजनीति गर्ने भनिएका राजनीतिक दल नै हुन्। दिनेश खबर

प्रतिक्रिया