Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

नेपाल राष्ट्र बैंकले रोक्यो बोटलर्स नेपालको लाभांश

नेपाल राष्ट्र बैंकले  रोक्यो बोटलर्स नेपालको लाभांश

नेपाल राष्ट्र बैंकले बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपालका लागि बोटलिङ तथा व्यापारिक कम्पनी बोटलर्स नेपाललाई लाभांश लैजान रोक लगाएको छ ।

कुनै पनि कम्पनीले नेपालमा लगानी भित्र्याएपछि त्यसको लेखाङ्कन राष्ट्र बैंकमा गराउनुपर्ने कानुनी व्यवस्था छ । लगानी सम्बन्धी लेखाङ्कन गराउने विदेशी कम्पनीले मात्रै आफुले कमाएको लाभांश आफ्नो देशमा लैजान पाउँछन् । तर बोटलर्स नेपालले भने राष्ट्र बैंकमा लेखाङ्कन नगराएका कारण उसले कमाएको लाभांश लैजान राष्ट्र बैंकले रोक लगाएको हो ।

‘बोटलर्सले लगानीको लेखाङ्कन नै गराएको छैन, त्यसैले लाभांशको स्वीकृति नदिइएको हो ।’ राष्ट्र बैंक स्रोतले लोकपथलाई बतायो । लेखाङ्कन नगराएको कारण नै कतै न कतै चलखेल भइरहेको छ भन्ने लागेपछि राष्ट्र बैंकले लाभांश लैजान रोकेको स्रोतको दाबी छ ।

वैदेशिक लगानीसम्बन्धी ऐन २०७५ अनुसार राष्ट्र बैंकमा लेखांङ्कन नगराएसम्म सो लगानीबाट प्राप्त गरेको नाफा आफ्नो देशमा फिर्ता लैजान नपाउने व्यवस्था छ । स्रोतको भन्यो, ‘बोटलर्सले लेखांकन नै नगराएका कारण लगानीकर्ता को हो भन्ने नै अन्योल भएको छ ’ ।

बोटलर्सको शेयर शंकास्पद रुपमा किनबेच भएको राष्ट्र बैंकले अध्ययनका क्रम फेला पारेको छ । जसका कारण लगानी सम्बन्धी लेखाङ्कन नगराएको राष्ट्र बैंकको विश्लेषण छ । ‘कुन कम्पनीको लगानी हो भन्ने नै अन्योल भएपछि कसरी लाभांश लैजाने स्वीकृति दिने ?’ राष्ट्र बैंक स्रोतले थप प्रस्ट पा¥यो ।

बोटलर्सको ७६ प्रतिशतभन्दा बढीको शेयर स्वामित्व किनबेच भएको तर त्यसको सम्पूर्ण विवरण राष्ट्र बैंकमा नबुझाएका कारण राष्ट्र बैंकले लाभांशमा रोक लगाएको हो । अनुसन्धानका क्रममा शंका लागेपछि दुई वर्ष अघि कम्पनी रजिष्टारको कार्यालयले सो कम्पनीका थप जानकारी माग गर्दै पत्राचार समेत गरेको थियो । तर सो कम्पनीले आश्यक जानकारी बुझाउन नसकेपछि आर्थिक वर्ष २०७४÷७५ देखि लाभांश लैजान रोक लगाइएको छ ।

केही समय अघि मात्रै कम्पनीको ७६ प्रतिशत शेयर दुबईको साब्कोले एटलान्टा (अमेरिका) को कोकाकोला बोटलिङ प्लान्टलाई बेचेको थियो । सो बिक्रिबाट उसले नेपाललाई तिर्नुपर्ने पुँजीगत लाभकर तिरेको थिएन । कर छली भएको भन्दै राजश्व अनुसन्धान विभागले गत मङ्सिरमा बोटलर्स नेपालको कम्पनीमा छापा समेत मारेको थियो । त्यहाँबाट कब्जा गरिएका कम्पनीका महत्वपूर्ण दस्तावेजमाथि अहिले पनि अनुसन्धान भइरहेको छ ।

वैदेशिक लगानी सम्बन्धी कानुनमा लगानी गर्दा कहिलेसम्म लेखाङ्कन गराइसक्नुपर्ने हो भन्ने बारेमा स्पष्ट व्यवस्था छैन । त्यसैले वैदेशिक लगानी गर्ने कम्पनीहरुले लेखाङ्कन गर्न लापरबाही गरिरहेका छन् । राष्ट्र बैंकले तयारी अब कहिलेसम्म लगानीको लेखाङ्कन गर्ने भन्ने विषयमा कानुनी व्यवस्था गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया