Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १८ मङि्सर २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

आफ्नो जन्मदिनमा आमाको सम्झनामा दृष्टि फाण्डेसनलाई जापानबाट कुँवरको सहयोग

आफ्नो जन्मदिनमा आमाको सम्झनामा दृष्टि फाण्डेसनलाई जापानबाट कुँवरको सहयोग

आफ्नो जन्मदिनको अवसरमा दिवंगत आमाको सम्झनामा जापानमा रहेका लोकेन्द्रजंग कुँवरले धनगढीस्थित दृष्टि फाण्डेसनलाई सहयोग उपलब्ध गराएका छन् ।

अछामको साँफेबगर नगरपालिका–१ शिद्धेश्वर घर भई हाल जापानमा रहँदै आएका कुँवरले छोरी (भतिजी)–ज्वाँई शुल कुँवर र अमर बोगटीमार्फत फाण्डेसनलाई सहयोग उपलब्ध गराएका हुन् ।

थोरै भएपनि सहयोग होस् भनेर जन्मदिन मनाउने पैसाले आवश्यक सामग्री किनेर सुस्त मनस्थिति भएका महिलाहरुको हेरचाह गर्ने दृष्टि फाण्डेसनलाई सहयोग गरेको कुँवरले बताए । उनले सहयोग स्वरुप चामल, दाल, चिसोबाट बच्न कम्बललगायत २० हजार मूल्य बराबरको सामग्री उपलब्ध गराएका छन् ।

उक्त सामग्री कुँवरकी भतिजी शुल कुँवरले फाण्डेसनकी अध्यक्ष कल्पना भट्टलाई हस्तान्तरण गरिन् । सामाग्री ग्रहणपछि बोल्दै फाण्डेसनकी अध्यक्ष भट्टले सुस्त मनस्थिति महिलाहरुको समस्या बुझ्दै टाढाबाट सहयोग गरेको भन्दै कुँवरलाई धन्यबाद व्यक्त गरिन् । उनले यस्तै दाताहरुको साथ र सहयोगबाटै दृष्टि फाण्डेसन चलिरहेको बताइन् ।

उनकाअनुसार अहिले फाण्डेसनमा ४० जना सुस्त मनस्थितिका महिलाहरु छन् । हालसम्म ४८ जना महिलाहरु निको भएर पुनस्थापित भइसकेको र आठ जनाको मृत्यु भएको भट्टले बताइन् ।

कुँवर नेपाली जनसम्पर्क समिति, कान्तो क्षेत्रीय समिति जापानका सचिव तथा नेपाली काँग्रेस अछामका जिल्ला सदस्य पनि हुन् । जापानमा बसेर कुँवरले अछामलगायत सुदूरपश्चिममा दुःखी पीडितलाई सहयोग गर्दै आएका छन् ।

उनले निकट भविष्यमै अछाममा आमाको सम्झनामा कुनै एक सामाजिक क्षेत्रमा भौतिक संरचना बनाउने तयारी गरेका छन् । जुन आमालाई माया गर्नेहरुका लागि एक आकर्षक तस्बीर खिच्ने ‘हब’ बन्नेछ ।

प्रतिक्रिया

ट्रेन्डिङ