Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

वनमन्त्री आलेले भने सुदूरपश्चिममा भीम रावललाई देखाइदिन्छौँ

वनमन्त्री आलेले भने सुदूरपश्चिममा भीम रावललाई देखाइदिन्छौँ

वन तथा वातावरणमन्त्री प्रेम आलेले विगतमा सुदूरपश्चिमलाई भजाएर आफ्नो स्वार्थ पुरा गर्ने नेता भीम रावलले नेताहरुलाई मिल्न नदिएको आरोप लगाएका छन् । काठमाडौको थापाथलीस्थित कार्की बैंकेटमा बुधबार भएको नेकपा ओली पक्षको सुदुरपश्चिस्तरीय प्रदेश भेलालाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रावलले सुदूरपश्चिमको विकासमा कुनै योगदान नदिएको भन्दै यस्तो आरोप लगाएका हुन् ।

प्रधानमन्त्री केपी ओली समेत सहभागी कार्यक्रममा मन्त्री आलेले नेताहरुलाई लडाउने र नेकपामा विवाद सिर्जना गराउने काम रावलले नै गराएको दावी गरे । ‘डा. भीम रावल अर्को कित्तामा लागेपछि प्रधानमन्त्रीले सुदुरपश्चिमका चारजनालाई मन्त्री बनाउनुभयो’, मन्त्री आलेको भनाई थियो ।

‘सुदुरपश्चिमको विद्धान नेता डा भीम रावलले नेताहरुलाई लडाउने आपसमा विवाद गराउने अनि रातिराति प्रधानमन्त्रीकोमा गएर मलाई उपप्रधानमन्त्री बनाउनुस् साथ दिन्छु भन्ने गर्नुभएको हो’, आलेले भने, ‘जवाफमा प्रधानमन्त्रीले तपाइलाईमात्रै कतिपटक मन्त्री बनाउने भनेपछि प्रचण्ड र माधव नेपाललाई उचाल्ने काम भीम रावलले नै गर्नुभएको हो ।’ 

चारपटक मन्त्री हुँदा पनि रावलले सुदुरपश्चिमका जनतालाई नहेरेको भन्दै मन्त्री आलेले आफूमाथि वन फँडानी गरेको भनेर लगाएको आरोपमा कुनै सत्यता नरहेको दावी गरे । 

मन्त्री आलेले आफु २०५४ सालमा जिविस सदस्य भएपछि बन फँडानी रोक्न आवाज उठाउने आफु नै भएको जिकिर गरे । त्यसका लागि संसदमा समेत ज्ञापनपत्र बुझाएको भन्दै आलेले आफूविरुद्ध षड्यन्त्रपुर्वक प्रचारवाजी गरिरहेको बताए । 

उनले आफु लेखासमितिको उपसमितिमा रहेर वैज्ञानिक वन व्यवस्थापनबारे अध्ययन गरेर अवैध वन फँडानीमा संलग्नहरुलाई नामै किटेर कारवाही गर्न सिफारिस गरिएकाले उनीहरुमा छटपटावट भैरहेको बताए ।

अधिकांश समय भीम रावलप्रति खनिएका मन्त्री आलेले आफ्नो जिल्ला डोटीमा रावलले २ सय जना मानिस भेला गरेर कार्यक्रम गरेको भन्दै आफुले अव चाँडै दश हजार उपस्थितिमा कार्यक्रम गर्ने र रावललाई देखाइदिने चेतावनी दिए ।

प्रधानमन्त्री ओलीले संविधान निर्माण र नाकावन्दीमा देखाएको अडानका कारण गत निर्वाचनमा नेकपाले बहुमत ल्याएको भन्दै मन्त्री आलेले प्रधानमन्त्रीको शिर निहुर्याउन नदिने दावी गरे ।

‘प्रधानमन्त्रीले विश्वास गरेर जिम्मेवारी दिनुभएको छ । त्यो पुरा गर्ने हाम्रो कर्तव्य हुनेछ । सुदुरमा विकासको मुल फुट्नेछ । पटक पटक मन्त्रीभएर केही नगर्नेहरुलाई कसरी काम गर्नुपर्छ भन्ने अव हामी देखाउछौ । भीम रावलको सुदुरपश्चिममा केही लाग्दैन। सांसदजति सवै हाम्रो पक्षमा छन्’, मन्त्री आलेको चुनौती थियो । 

प्रतिक्रिया