Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

नेकपा सुदूरपश्चिमको खाता भीम रावल समूहद्वारा कब्जा, झिकियो ३० लाख

नेकपा सुदूरपश्चिमको खाता  भीम रावल समूहद्वारा कब्जा, झिकियो ३० लाख

नेपाल कम्युनिष्ट पार्टी नेकपा सुदूरपश्चिमको बैँक खातामा रहेको ३० लाख रुपैयाँ प्रचण्ड–नेपाल समूहले झिकेको छ।

पार्टी एकतापछि नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्णबहादुर थापा, प्रदेश सचिव नेपबहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको नाममा कृषि विकास बैँकको धनगढी शाखामा रहेको संयुक्त खाताबाट ३० लाख झिकिएको आरोप लगाइएको हो। 

नेकपा ओली समूहका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले पार्टी इन्चार्ज भीम रावलको ठाडो निर्देशनमा पार्टीको सम्पत्ती एकलौटी रुपमा अध्यक्षलाई कुनै जानकारी नदिएर झिकिएको आरोप लगाए। 

‘पार्टीको सम्पत्ती नासमास गर्न कसैले पनि पाउँदैनन्,’थापाले दिनेशखबरसँग भने, ‘यो निकै अपराधिक काम भएको  छ। मैले पार्टी विभाजनको अवस्थामा पुगेपछि बैँकका म्यानेजरलाई समेत यस्तो परस्थितीमा निकासा नदिन अनुरोध गरेको थिए। तर अहिले बुझ्दा प्रदेश सचिव चौधरी र कार्यालय सचिव सुवेदीले हस्ताक्षर गरेर खातामा रहेको ३३ मध्ये ३० लाख त्यहाँबाट गायब पारिएको छ।’ 

थापाले प्रचण्ड–नेपाल समूहका इन्चार्ज भीम रावलको निर्देशनमा सबै काम भएको आरोप समेत लगाएका छन्। ‘भीम रावलको निर्देशनमा सबै काम भएको छ। त्यो अपराधपूर्ण काम हो। कुनै पनि हालतमा यसलाई छोड्नेवाला छैनौँ,’ उनले भने,  ‘यो कुन राजनीतिसँग मेल खान्छ ?पार्टीमा राजनीतिक हिसाबले चलेको विवाद एकखालले सामाधान होला।’

उनले बैँकका कर्मचारीमा समेत रकम झिक्ने कार्यमा संलग्नता भएको दाबी गरेका छन्। खाताबाट रकम झिकिएको विषयमा नेकपा सुदूरपश्चिमका सचिव नेपबहादुर चौधरीसँग प्रतिक्रिया माग्दा उनको फोन उठेन भने कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको फोन उनकी श्रीमतीले उठाईन्। 

मलाई गालीगलौज गर्नू निकृष्ट कुरा हो : रावल 

नेकपा सुदूरपश्चिमका इन्चार्ज भीम रावलले भने पार्टी अध्यक्ष, सचिव र कार्यालय सचिव गरि तीनजना मध्ये कुनै दुई जनाको नामबाट खाता सञ्चालन भएको बताएका छन्। ‘अध्यक्ष, सचिव र कार्यालय सचिवका नाममा खाता हो। अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपा नै बहुमत प्राप्त पार्टी भएको सबैलाई थाहा छदैछ,’ रावलले  भने, ‘हामी आधिकारिक हो। अब आधिकारिक पार्टीको खाता सञ्चालन उहाँहरुले के प्रयोजनका लागि गर्नुहुन्छ ? रकम चलाउने, पत्राचार गर्ने, त्यो उहाँहरुको अधिकारको कुरा हो। त्यसमा मलाई गालीगलौज गर्नू भनेको निकृष्ट कार्य हो।’

प्रतिक्रिया