ताजा अपडेट
जीप दुर्घटनामा एक जनको मृत्यु
जलजला गाउँपालिका वडा नं ९ बनौँमा आज जीप दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । दुर्घटनाका क्रममा घाइते भएकी जलजला–६ शालिजाकी २३ वर्षीया कौशिला पुर्जाको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
कुश्मा–बनौँ सडक खण्डअन्तर्गत ग २ च ६३७९ नंको जीप दुर्घटना हुँदा जीपमा सवार तीन जनामध्ये पुर्जाको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जानकारी दिएको छ । जीपका सवारी चालक जलजला–८ नाग्लिवाङका पुर्षोत्तम चापागाई, वडा नं ९ बनौँ घर भई सोही जीपका सहचालक यमन गर्बुजा सामान्य घाइते छन् ।
उहाँहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सडकमा गुडिरहेको जीप सडकबाट करिब २०० मिटर तल पुगेर भिरमा रहेको रुखमा अल्झिएको अवस्थामा रहेको छ ।
रुखका कारण ठूलो दुर्घटनाबाट जोगिए पनि उपचारका क्रममा युवतीको मृत्यु भएको जलजला–९ का वडाध्यक्ष गौबहादुर पुनले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया