Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

छाउगोठ भत्काउन प्रमुख जिल्ला अधिकारी नै गाउँगाउँमा

छाउगोठ भत्काउन प्रमुख जिल्ला अधिकारी नै गाउँगाउँमा

कोरोना महामारीका कारण रोकिएको छाउगोठ भत्काउने अभियान अछाममा फेरि सुरु भएको छ। सोही अभियान अन्तर्गत अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय गाउँगाउँमा पुगेर छाउगोठ भत्काउन लाग्नु भएको हो ।

उपाध्यायसँगै जिल्लास्थित सुरक्षा संगठनका प्रमुखहरुले गाउँमा छाउगोठ खोज्दै भत्काउने गरेका छन् । प्रमुख जिल्ला अधिकारीको टिमले जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ बारला र चौरपाटी गाउँपालिका–२ को सोकटमा पुगेर छाउगोठ भत्काएको छ। छाउगोठहरू पुनःनिर्माण हुन थालेको सूचनाका आधारमा टोली बारलामा ९ तथा सोकट पुगेर १२ वटा छाउगोठ भत्काएको जिल्ला प्रशासन कार्लयाय अछामले जनाएको छ।

गत वर्ष नै गृह मन्त्रालयको निर्देशनमा छाउगोठ भत्काउने, सचेतना फैलाउने र अटेर गरे कानुनी कारबाही गर्ने निर्देशन गरेको थियो। स्थानीय स्तरमा पटकपटक छलफल गर्दा र कानुनबारे जानकारी दिँदा पनि छाउगोठमा मृत्यु हुने क्रम र छाउगोठमा बस्न नरोकिएपछि प्रहरी प्रशासनले आफै गोठ भत्काउन पुगेको हो ।

छाउगोठ भत्काउने अभियानमा प्रजिअ गोकर्णप्रसाद उपाध्याय र प्रहरी प्रमुख डीएसपी योगेन्द्रसिंह थापा लगायतको टोली गाउँगाउँमा पुगिरहेका छ। गोठ भत्काउने सँगै कुप्रथाका बारेमा सचेतना समेत दिदै आएको प्रजिअ उपाध्यायले बताउनु भयो ।

छाउगोठ भत्काउने अभियानको दोस्रो चरण सुरु गरेको ७ दिनमा २ सय ४४ छाउगोठ भत्काइएका छन्। जिल्लाका तुर्माखाँद, ढकारी, बान्नीगढी जयगढ र मेल्लेख गाउँपालिका तथा पञ्चदेवल विनायक नगरपालिका, साँफेबगर नगरपालिकामा अभियान थालिएको हो। अन्य स्थानीय तहमा छिट्टै अभियान सुरु गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया