Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

छाउगोठ भत्काउन प्रमुख जिल्ला अधिकारी नै गाउँगाउँमा

छाउगोठ भत्काउन प्रमुख जिल्ला अधिकारी नै गाउँगाउँमा

कोरोना महामारीका कारण रोकिएको छाउगोठ भत्काउने अभियान अछाममा फेरि सुरु भएको छ। सोही अभियान अन्तर्गत अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय गाउँगाउँमा पुगेर छाउगोठ भत्काउन लाग्नु भएको हो ।

उपाध्यायसँगै जिल्लास्थित सुरक्षा संगठनका प्रमुखहरुले गाउँमा छाउगोठ खोज्दै भत्काउने गरेका छन् । प्रमुख जिल्ला अधिकारीको टिमले जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ बारला र चौरपाटी गाउँपालिका–२ को सोकटमा पुगेर छाउगोठ भत्काएको छ। छाउगोठहरू पुनःनिर्माण हुन थालेको सूचनाका आधारमा टोली बारलामा ९ तथा सोकट पुगेर १२ वटा छाउगोठ भत्काएको जिल्ला प्रशासन कार्लयाय अछामले जनाएको छ।

गत वर्ष नै गृह मन्त्रालयको निर्देशनमा छाउगोठ भत्काउने, सचेतना फैलाउने र अटेर गरे कानुनी कारबाही गर्ने निर्देशन गरेको थियो। स्थानीय स्तरमा पटकपटक छलफल गर्दा र कानुनबारे जानकारी दिँदा पनि छाउगोठमा मृत्यु हुने क्रम र छाउगोठमा बस्न नरोकिएपछि प्रहरी प्रशासनले आफै गोठ भत्काउन पुगेको हो ।

छाउगोठ भत्काउने अभियानमा प्रजिअ गोकर्णप्रसाद उपाध्याय र प्रहरी प्रमुख डीएसपी योगेन्द्रसिंह थापा लगायतको टोली गाउँगाउँमा पुगिरहेका छ। गोठ भत्काउने सँगै कुप्रथाका बारेमा सचेतना समेत दिदै आएको प्रजिअ उपाध्यायले बताउनु भयो ।

छाउगोठ भत्काउने अभियानको दोस्रो चरण सुरु गरेको ७ दिनमा २ सय ४४ छाउगोठ भत्काइएका छन्। जिल्लाका तुर्माखाँद, ढकारी, बान्नीगढी जयगढ र मेल्लेख गाउँपालिका तथा पञ्चदेवल विनायक नगरपालिका, साँफेबगर नगरपालिकामा अभियान थालिएको हो। अन्य स्थानीय तहमा छिट्टै अभियान सुरु गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया