ताजा अपडेट
सुदूरपश्चिमका अस्पतालबाट एकैदिन ९८ जना कोरोना संक्रमित डिस्चार्ज

धनगढी- सुदूरपश्चिमका विभिन्न अस्पतालबाट एकै दिन ९८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा शुक्रवार ९८ जना संक्रमितलाई डिस्चार्ज गरिएको जानकारी दिएको हो।
मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले डोटी जिल्लाका अस्पतालबाट ४९ र डडेल्धुरा जिल्लाका अस्पतालबाट ४९ गरी ९८ जनालाई डिस्चार्ज गरीएको बताए। उनका अनुसार शुक्रवार ९८ जनालाई डिस्चार्ज गरिएसंगै अस्पतालबाट डिस्चार्ज हुने संक्रतिमको सङख्या तीन सय ४२ पुगेको छ।
डोटीका ८७, डडेल्धुराका ८४, कैलालीका ६४, अछाम, दार्चुला र कञ्चनपुरका १२÷१२, बैतडीका ६, बझाङ र बाजुराका दुई÷दुई जना संक्रमितलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। अस्पतालबाट डिस्चार्ज भएका अधिकासंले कोरोना जितेका छैनन्।
उनीहरुलाई केही दिन अस्पतालमा राखेर कोरोनाको लक्षण नदेखिएको भन्दै अस्पतालबाट डिस्चार्ज गरीएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
-
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
-
एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण
-
दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण
प्रतिक्रिया