ताजा अपडेट
सुदूरपश्चिमका अस्पतालबाट एकैदिन ९८ जना कोरोना संक्रमित डिस्चार्ज
धनगढी- सुदूरपश्चिमका विभिन्न अस्पतालबाट एकै दिन ९८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा शुक्रवार ९८ जना संक्रमितलाई डिस्चार्ज गरिएको जानकारी दिएको हो।
मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले डोटी जिल्लाका अस्पतालबाट ४९ र डडेल्धुरा जिल्लाका अस्पतालबाट ४९ गरी ९८ जनालाई डिस्चार्ज गरीएको बताए। उनका अनुसार शुक्रवार ९८ जनालाई डिस्चार्ज गरिएसंगै अस्पतालबाट डिस्चार्ज हुने संक्रतिमको सङख्या तीन सय ४२ पुगेको छ।
डोटीका ८७, डडेल्धुराका ८४, कैलालीका ६४, अछाम, दार्चुला र कञ्चनपुरका १२÷१२, बैतडीका ६, बझाङ र बाजुराका दुई÷दुई जना संक्रमितलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। अस्पतालबाट डिस्चार्ज भएका अधिकासंले कोरोना जितेका छैनन्।
उनीहरुलाई केही दिन अस्पतालमा राखेर कोरोनाको लक्षण नदेखिएको भन्दै अस्पतालबाट डिस्चार्ज गरीएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया