ताजा अपडेट
नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ६ हजार ३ सयमा झर्याे
नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या ६ हजार ३ सयमा झरेको छ ।
पछिल्ला दिनहरुमा कोरोनाको नयाँ सङ्क्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय सङ्क्रमितको संख्या घटिरहेको छ । गएको २४ घण्टामा पाँच सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या दुई लाख ६० हजार ५९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा ६ सय जना निको भएसँगै कोरोना सङ्क्रमणबाट मुक्त हुनेको संख्या दुई लाख ५१ हजार ९ सय १२ पुगेको छ । आज थप सात जनाको ज्यान गएसँगै नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट एक हजार आठ सय ४७ जनाले ज्यान गुमाएका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया