ताजा अपडेट
बेलायतमा बनेको कोरोना विरुद्धको अर्को खोपले पायो अनुमति
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध बनेको दोस्रो खोपले बेलायतमा प्रयोगका लागि अनुमति पाएको छ ।
अक्सफर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले बनाएको अर्को खोपले अनुमति पाएको बीबीसीले उल्लेख गरेको छ ।
अघिल्लो भन्दा यो खोप धेरै उपयोगी हुने अपेक्षा गरिएको छ । यसलाई धेरै कम तापक्रममा भण्डारण गर्नुपर्ने बाध्यता नभएको समाचारमा उल्लेख गरिएको छ ।
प्रयोगका लागि अनुमति दिए लगत्तै बेलायत सरकारले यसको १० करोड मात्रा झिकाइसकेको छ ।
यसअघि बेलायतमा बनेको खोप डिसेम्बर सुरुबाट प्रयोगमा आएको थियो । चीनमासमेत विभिन्न चरणमा कोरोना विरुद्धको खोप परीक्षण भइराखेको छ ।
बेलायत सरकारले जनवरी ४ देखि यो खोप दिन थालिने बताएको छ । बेलायतले नयाँ वर्षको सुरुबाट खोप अभियानलाई तीब्रता दिने तयारी गरेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया