Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ३० साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बझाङमा ट्याक्टर दुर्घनामा परि मृत्यु भएका युवकको, घटना शंकास्पद रहेको आफन्तको भनाई

बझाङमा ट्याक्टर दुर्घनामा परि मृत्यु  भएका युवकको, घटना शंकास्पद रहेको आफन्तको भनाई

बझाङ बुंगल नगरपालिकाका २२ वर्षीय युवकको तनहुँमा ट्याक्टर दुर्घटनामा परि मृत्यु भएको छ। विगत तीन वर्षदेखि तनहुँमा रहेको वाइवा हाइड्रो पावर कम्पनीमा कार्यरत इन्जीनियर बुंगल नगरपालिका ११ सिपेनाका हेमन्त पातलीको पुस १३ गते साँझ कोठा जाने बेलामा मृत्यु भएको हो। हेमन्तको १३ गते वेलुका घटनास्थलमै मृत्यु भए पनि घरमा १४ गते खबर भएको थियो। घटनालाई आफन्तले भने शंकास्पद भनेका छन्।

हेमन्तलाई वाइवा हाइड्रो पावर कम्पनीले लामो समयदेखि पारिश्रमिक नदिएको र भाइटिका मनाउन घर आएका उनलाई यसपटक पारिश्रमिक दिने प्रलोभनमा पारेर बोलाई सुनियोजित ढंगले मारिएको हुनसक्ने भाई जीवन पातलीले बताए।

इलेक्ट्रनिक इन्जिनियरिङ गरेका हेमन्त धेरै पैसा कमाएर बिहे गर्ने योजनामा रहेका थिए। घटना घटेको भोलिपल्टै घरबाट गएका काका नरबहादुर पातलीले आफूहरु तनहुँ पुग्नसम्म अन्य घाइते भनिएका ६ जना निको भइ घर पठाइएको हुँदा घटना झन् शंकास्पद बनेको बताए।

तर इलाका प्रहरी कार्यालय वेलचौताराका असइ जगदिश रेग्मीले भने सडक साँघुरो र घुम्ती भएकाले घटना घटेको बताए। उनले तनहुँ जिल्लाको घिरिङ गाउँपालिका ५ धेनुङ देउरालीमा ट्याक्टर दुर्घटनामा परेको र घाइतेमध्ये केहीलाई डिस्चार्ज गरिसकेको ३ जना अझैं मणिपाल अस्पतालमा उपचाररत रहेको बताए।

वाइवा हाइड्रो पावर कम्पनीको योजना भए पनि सकुन इन्जीनियरिङले हाइड्रो काम गरिरहँदा घटना भएको तनहुँका एसपी अरुण पौडेलले बताए। घटनामा ज्यान गुमाएका हेमन्तको शव अझैं तनहुँमा रहेको र उनका ६ जना आफन्त त्यहाँ रहेका छन्। अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ। विमा, पारिश्रमिकवारे छलफल भइरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया

ट्रेन्डिङ