Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बझाङमा ट्याक्टर दुर्घनामा परि मृत्यु भएका युवकको, घटना शंकास्पद रहेको आफन्तको भनाई

बझाङमा ट्याक्टर दुर्घनामा परि मृत्यु  भएका युवकको, घटना शंकास्पद रहेको आफन्तको भनाई

बझाङ बुंगल नगरपालिकाका २२ वर्षीय युवकको तनहुँमा ट्याक्टर दुर्घटनामा परि मृत्यु भएको छ। विगत तीन वर्षदेखि तनहुँमा रहेको वाइवा हाइड्रो पावर कम्पनीमा कार्यरत इन्जीनियर बुंगल नगरपालिका ११ सिपेनाका हेमन्त पातलीको पुस १३ गते साँझ कोठा जाने बेलामा मृत्यु भएको हो। हेमन्तको १३ गते वेलुका घटनास्थलमै मृत्यु भए पनि घरमा १४ गते खबर भएको थियो। घटनालाई आफन्तले भने शंकास्पद भनेका छन्।

हेमन्तलाई वाइवा हाइड्रो पावर कम्पनीले लामो समयदेखि पारिश्रमिक नदिएको र भाइटिका मनाउन घर आएका उनलाई यसपटक पारिश्रमिक दिने प्रलोभनमा पारेर बोलाई सुनियोजित ढंगले मारिएको हुनसक्ने भाई जीवन पातलीले बताए।

इलेक्ट्रनिक इन्जिनियरिङ गरेका हेमन्त धेरै पैसा कमाएर बिहे गर्ने योजनामा रहेका थिए। घटना घटेको भोलिपल्टै घरबाट गएका काका नरबहादुर पातलीले आफूहरु तनहुँ पुग्नसम्म अन्य घाइते भनिएका ६ जना निको भइ घर पठाइएको हुँदा घटना झन् शंकास्पद बनेको बताए।

तर इलाका प्रहरी कार्यालय वेलचौताराका असइ जगदिश रेग्मीले भने सडक साँघुरो र घुम्ती भएकाले घटना घटेको बताए। उनले तनहुँ जिल्लाको घिरिङ गाउँपालिका ५ धेनुङ देउरालीमा ट्याक्टर दुर्घटनामा परेको र घाइतेमध्ये केहीलाई डिस्चार्ज गरिसकेको ३ जना अझैं मणिपाल अस्पतालमा उपचाररत रहेको बताए।

वाइवा हाइड्रो पावर कम्पनीको योजना भए पनि सकुन इन्जीनियरिङले हाइड्रो काम गरिरहँदा घटना भएको तनहुँका एसपी अरुण पौडेलले बताए। घटनामा ज्यान गुमाएका हेमन्तको शव अझैं तनहुँमा रहेको र उनका ६ जना आफन्त त्यहाँ रहेका छन्। अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ। विमा, पारिश्रमिकवारे छलफल भइरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया