ताजा अपडेट
बालक दाजुले सल्काएको आगोले लियो बहिनीको ज्यान - बैतडी
बैतडीमा खरमा लगाइएको आगोले पोलेर एक बालिकाको मृत्यु भएको छ।
जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ३ साउनखेतका मानबीर साउदका ४ वर्षीय छोराले घर पछाडी रहेको खरमा आगो लगाउँदा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बालकले लगाएको आगोमा परी साथमा रहेकी उनकै २ वर्षीया बहिनी रेखा साउदको घटनास्थलमै ज्यान गएको हो।
अहिले आगो नियन्त्रण्मा आएको र घरमा सामान्य क्षति भएको स्थानीय मानसिंह साउदले जानकारी गराएका छन्।
स्थानीयले प्रहरीमा खबर गर्नासाथ अनुसन्धानका लागि प्रहरी सहायक निरीक्षक हेमबहादुर शाहको कमाण्डमा टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ।
घटनास्थल प्रहरी चौकी गाजरीबाट ४ घण्टाको पैदल दुरीमा रहेको बताइएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया