ताजा अपडेट
कैलालीमा पाखुरामा ट्याटु खोपिएको बेवारिसे शव फेला
कैलालीमा बेवारिसे अवस्थामा शव फेला परेको छ। जिल्लाको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायक वन भित्रपर्ने चिसापानी खोलामा उक्त शव फेला परेको हो।
शव फेला परेको सूचनाका आधारमा प्रहरी टोली पुगेर शवलाई परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। साथै उनले शव पहिचानका लागि अनुरोध गरेका छन्।
उक्त शवको प्रकृति हेर्दा तल्लो शरिरमा निलो रंगको जिन्स पाइन्ट लगाएको, उचाई अन्दाजी ५ फिट ५ ईन्च, उमेर अन्दाजी २५/३० वर्षको जस्तो देखिने, दाँया हातको पाखुरामा नाग(सर्प) र शिवलिंगको ट्याटु, दाँया हातको बुढी औला मुनी बिच्छिको ट्याटु, बाँया हातको पाखुरामा बिच्छिको ट्याटु भएको मृतकको शव सडिगली गएको अवस्थामा रहेको तथा शव नजिकै सेतो रंगको गन्जी र हरियो रंगको हाप सट फेला परेको बताइएकाे छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया