ताजा अपडेट
कैलालीमा पाखुरामा ट्याटु खोपिएको बेवारिसे शव फेला
कैलालीमा बेवारिसे अवस्थामा शव फेला परेको छ। जिल्लाको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायक वन भित्रपर्ने चिसापानी खोलामा उक्त शव फेला परेको हो।
शव फेला परेको सूचनाका आधारमा प्रहरी टोली पुगेर शवलाई परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। साथै उनले शव पहिचानका लागि अनुरोध गरेका छन्।
उक्त शवको प्रकृति हेर्दा तल्लो शरिरमा निलो रंगको जिन्स पाइन्ट लगाएको, उचाई अन्दाजी ५ फिट ५ ईन्च, उमेर अन्दाजी २५/३० वर्षको जस्तो देखिने, दाँया हातको पाखुरामा नाग(सर्प) र शिवलिंगको ट्याटु, दाँया हातको बुढी औला मुनी बिच्छिको ट्याटु, बाँया हातको पाखुरामा बिच्छिको ट्याटु भएको मृतकको शव सडिगली गएको अवस्थामा रहेको तथा शव नजिकै सेतो रंगको गन्जी र हरियो रंगको हाप सट फेला परेको बताइएकाे छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया