Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सुदूरपश्चिममा ओलीनिकट मन्त्री बर्खास्त

सुदूरपश्चिममा ओलीनिकट मन्त्री बर्खास्त

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरेका छन् । प्रधानमन्त्री केपी ओलीनिकट मन्त्री बोहरालाई मुख्यमन्त्रीले मंगलबार बिहान पदमुक्त गरेका हुन् ।

उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री भट्टले आफैँसँग राखेको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । नेकपा विभाजनपछि प्रचण्ड–नेपाल समूहका नेताहरूले प्रधानमन्त्री ओलीनिकट मन्त्री बोहरालाई हटाउन मुख्यमन्त्रीलाई दबाब दिँदै आएका थिए ।

प्रचण्ड–नेपाल समूहका प्रदेश इन्चार्ज भीम रावलसँगको परामर्शपछि मुख्यमन्त्री भट्टले मन्त्री बोहरालाई पदमुक्त गरेका हुन् । सात सदस्यीय प्रदेश मन्त्रिपरिषद्मा ओली समूहबाट मन्त्री बनेका बोहरा एकजना मात्र हुन् । मन्त्री बोहराको ठाउँमा कसलाई नियुक्त गर्ने भन्नेबारे छलफल भइरहेको प्रचण्ड–नेपाल समूहका एक नेताले बताए । बोहरालाई पदमुक्त गरिएसँगै प्रचण्ड–नेपाल समूहका आकांक्षीले लबिङ थालेका छन् ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरालाई ओली समूहले पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । ओली समूहले केन्द्रीय सदस्यमा मनोनीत गरे पनि मन्त्री बोहरा भने अहिलेसम्म मौन छन् । औपचारिक रूपमा नखुले पनि उनी ओली समूहमै लाग्ने स्रोतको दाबी छ । उनले भने आफू अहिलेसम्म पार्टी एकताकै पक्षमा रहेकाले कुनै समूहमा नलागेको बताएका छन् । उनी संघीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टनिकट मानिन्छन् । मन्त्री भट्ट प्रधानमन्त्री ओली पक्षमा खुलेका छन् ।

सुदूरपश्चिम प्रदेश सभामा ओली पक्ष कमजोर छ । ५३ सदस्यीय प्रदेश सभामा सभामुखसहित नेकपाका ३९ जना छन् । सुरुमा ओली समूहमा तीनजना मात्र थिए । तर, अहिले सातजना ओली पक्षमा खुलेका छन् । नेकपाका प्रदेश सभा सदस्यहरूले समूह फेरबदल गर्न थालेपछि ओली पक्ष बलियो सम्भावनाका कारण प्रचण्ड–नेपाल समूह बहुमत जोगाउने कसरतमा छ । असन्तुष्टलाई जिम्मेवारी दिएर मनाउनका लागि मन्त्रिपरिषद् र संसदीय समिति हेरफेर र विस्तार गर्ने प्रचण्ड–नेपाल समूहको तयारी छ ।

प्रचण्ड–नेपाल समूहको बहुमत जोगाउने र ओली समूहको सरकार अल्पमतमा पार्ने कसरतले सांसदहरू तानातानमा परेका छन् । केही सांसदले भने अझै कित्ता स्पष्ट गरेका छैनन् । सुदूरपश्चिमका प्रभावशाली नेता लेखराज भट्ट ओली समूहमा रहेकाले उनीनिकट केही प्रदेश सभा सदस्य ओली समूहमा जाने तयारीमा रहेको स्रोतको दाबी छ । ओली समूहबाट केन्द्रीय सदस्य बनेका प्रदेश सभा सदस्य रतन थापाले प्रदेशमा प्रचण्ड–नेपाल समूहको बहुमत तोडिने दाबी गरे । ‘प्रदेश सरकार अल्पमतमा पर्ने गरी हाम्रो संख्या पुग्ने निश्चित भएको छ । केही दिनमै धेरै साथी खुलेर हामीतिर लाग्नुहुन्छ,’ थापाले भने, ‘सरकारको बहुमत तोडिन्छ । सरकार गठन भने कांग्रेससँग केन्द्रमा हुने समीकरणमा भर पर्छ ।’

प्रचण्ड–नेपाल पक्षका नेताहरू भने आफ्नो स्पष्ट बहुमत रहेकाले सरकार फेरबदल हुने कुरा हल्ला मात्र भएको बताउँछन् । नेकपा संसदीय दलका उपनेता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले प्रदेश सभामा आफ्नो पक्षको सुविधाजनक बहुमत रहेकाले सरकार फेरबदल नहुने बताए । ‘कसैले सरकार फेर्छु भन्दैमा सम्भव छैन,’ उनले भने, ‘हामीसँग सुविधाजनक बहुमत छ भन्ने प्रस्टै छ ।’ सरकार भने विस्तार हुन सक्ने उनले बताए । दुई दिनदेखि धनगढीमा रहेका प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले प्रदेशमा बहुमत कायम राख्न असन्तुष्टलाई मनाउने प्रयास गरिरहेका छन् ।

बहुमत भए पनि प्रचण्ड–नेपाल पक्षभित्रै सरकारको नेतृत्व फेर्नुपर्ने आवाज भने चर्को छ । पूर्वमाओवादीबाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्टको कार्यशैलीप्रति पूर्वमाओवादीकै प्रदेश सभा सदस्य असन्तुष्ट छन् । पूर्वएमाले समूहका केही प्रदेश सभा सदस्य पनि नेतृत्व फेर्नुपर्ने लबिङमा छन् । प्रदेश सभामा कांग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई सदस्य छन् ।

प्रतिक्रिया