Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

नेकपाको बैंक खाता रोक्का गर्न प्रचण्ड–नेपाल पक्षको पत्राचार

नेकपाको बैंक खाता रोक्का गर्न प्रचण्ड–नेपाल पक्षको पत्राचार

नेकपा पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल पक्षले पार्टीको नाममा विभिन्न बैंकमा रहेको खाता रोक्का गर्न पत्राचार गरेको छ । अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले मंगलबार पार्टीको आधिकारिकतासम्बन्धी विवाद टुंगो नलागेसम्म बैंकिङ कारोबार रोक्का गर्न अनुरोध गर्दै विभिन्न बैंकहरूलाई मंगलबार पत्राचार गरेका हुन् ।

‘विभिन्न बैंकमा पार्टीको नाममा खाता रहेछ, ती बैंकहरूमा तत्कालका लागि कारोबार रोक्काका लागि मंगलबार अध्यक्षहरूले पत्राचार गर्नुभएको छ,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । उनले कुन–कुन बैंकमा पार्टीको कति रकम छ भन्नेबारेमा आफूलाई आधिकारिक जानकारी नभएको बताए ।

संयुक्त आन्दोलन घोषणाको कसरत 
पहिलो चरणको आन्दोलनको कार्यक्रमपछि नेकपाको प्रचण्ड–नेपाल पक्षले संयुक्त आन्दोलनका लागि पहल अगाडि बढाएको छ । बुधबार अध्यक्ष प्रचण्डले संयुक्त आन्दोलनको कार्यक्रमबारे महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादवलगायत नेताहरूसँग परामर्श गरेका छन् । संयुक्त आन्दोलनको कार्यक्रमका लागि वार्ता अगाडि बढेपछि बुधबार घोषणा गर्ने भनिएको प्रचण्ड–नेपाल पक्षको दोस्रो चरणको आन्दोलनको कार्यक्रम दुई–तीन दिनका लागि स्थगित भएको छ । 

‘अरू पार्टीहरूसँग पनि वार्ता प्रक्रिया चलिरहेको छ, सकभर वार्ता र छलफलबाट संयुक्त संघर्षको कार्यक्रम गरौँ, नभए अर्को चरणको आफ्नातर्फबाट गरिने आन्दोलनका कार्यक्रम घोषणा गरौँला भनेर बुधबार सार्वजनिक नगरिएको हो,’ प्रवक्ता श्रेष्ठले भने, ‘बुधबार जनता समाजवादी पार्टीसँग अध्यक्ष प्रचण्डले वार्ता गर्नुभएको छ, कांग्रेससँग पनि विभिन्न चरणमा औपचारिक र अनौपचारिक वार्ता चलिरहेको छ ।’ उनले सम्भव भएसम्म संयुक्त आन्दोलनका कार्यक्रम र नभए पार्टीका तर्फबाट केही दिनमै कार्यक्रम घोषणा हुने पनि बताए ।

पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत प्रचण्ड–नेपाल पक्षले मंगलबार काठमाडौंसहित सबै जिल्ला सदरमुकाममा प्रतिनिधिसभा विघटनका विरुद्ध जुलुस र सभाहरू आयोजना गरेकोे थियो ।

प्रतिक्रिया