Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

अब अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने, यस्तो छ प्रक्रिया

अब अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने, यस्तो छ प्रक्रिया

आजदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति लिन सकिने भएको छ । अनलाइनमार्फत घरमै बसेर वा विदेशबाटै पुनः श्रम स्वीकृति लिन सकिने वैदेशिक रोजगार विभागले जनाएको छ । एक पटक विभागको अनलाइन प्रणालीबाट बायोमेट्रिक्स अर्थात आँखाको स्क्यान वा औंठाछापको स्क्यान गरेर श्रम स्वीकृति लिइसकेका श्रमिकले अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन सक्नेछन् ।

अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन विभागको वेबसाइट  www.dpfe.gov.np​ मा गएर अनलाइन श्रम स्वीकृति एफइआइएमएसमार्फत फारम भर्नुपर्छ । फारम भरेपछि शाखा छान्ने बेलामा अनलाइन ब्रान्च छान्नुपर्छ । श्रम स्वीकृतिको क्रममा कुनै कारणले आवेदन रद्द भएमा त्यसको कारणसहितको एसएमएस आवेदकको मोबाइल र आवेदन गर्दाको यूजर अकाउन्टमा सूचना आउनेछ ।

त्यसकारण फारम भर्दा आफ्नो मोबाइल नम्बर र इमेल ठेगाना सही प्रयोग गर्नुपर्छ । साथै श्रम स्वीकृतिको लागि आवेदन गर्दाको यूजरनेम र पासवर्ड सुरक्षित राख्नुपर्छ । श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको फारम भर्दाको एफइआइएमएसको यूजर अकाउण्ट र इमेल ठेगाना दुवैमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुनेछ ।

तपाईँ आफैँले आवश्यकताअनुसार त्यसलाई प्रिन्ट गर्न सक्नुहुन्छ । पुनः श्रम स्वीकृति लिँदा म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम अनलाइनमार्फत नै तिर्न सकिन्छ । यसरी अनलाइनमार्फत तिर्दा कुनै शुल्क लाग्दैन ।  ईसेवा फोन पे प्रालि, स्प्यारो पे प्रालिबाट रकम तिर्न सकिने वैदेशिक रोजगार विभागले जनाएको छ ।

अनलाइनमार्फत सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले म्यादी जीवन बीमा जारी गर्छ । अबदेखि पुनः श्रम स्वीकृति लिन विभागको कुनै पनि कार्यालयमा कोही पनि श्रमिक जानुपर्ने भएकाले श्रमिकलाई यसबाट पुनः श्रम लिन थप सहज हुने विभागले जनाएको छ । तर पुनः श्रम स्वीकृति लिन अनलाइन सेवाको आधिकारिक प्रयोग गर्न विभागले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया