ताजा अपडेट
नेकपाका सुदूरपश्चिममा जिल्ला अध्यक्ष र सचिव को कता ?
प्रचण्ड–नेपाल समूहभन्दा तुलनात्मक रुपमा सुदूरपश्चिममा कमजोर देखिएको ओली समूहले जिल्ला कमिटिहरुमा पनि वर्चश्व कायम गर्न नसकेको देखिएको छ।
पार्टी विभाजनपछि सुदूरपश्चिमका ९ जिल्लाकै अध्यक्ष र सचिव कुन समूहका कति? भनेर चासो व्यक्त हुन थालेको छ।
सुदूरपश्चिममा ५ जिल्लाका अध्यक्ष प्रचण्ड–नेपाल समूह र ४ जिल्लाका अध्यक्ष केपी ओली समूहका रहेको पाइएको छ भने ८ जिल्ला सचिव प्रचण्ड–नेपाल र १ जिल्लाका सचिव मात्र ओली पक्षमा लागेको देखिन्छ।
नेकपा डोटीका अध्यक्ष चक्र मल्ल, बझाङका मीबहादुर कुँवर, डडेल्धुराका मानसिंह पाल, दार्चुलाका गणेशसिंह खत्री र अछामका शेरबहादुर कुँवर प्रचण्ड–नेपाल समूहमा खुलेका छन्।
यस्तै कैलालीका अध्यक्ष रतन थापा, बैतडीका सुरेन्द्र पाल, बाजुराका कालीबहादुर शाही र कञ्चनपुरका बीरबहादुर थापा ओली समूहमा छन्।
सचिवमा कैलालीका लालबहादुर सोडारी, कञ्चनपुरका तारालामा तामाङ, डोटीका जंग बिक, बझाङका दमन भण्डारी, डडेल्धुराका बिरेन्द्रकुमार बस्नेत, दार्चुलाका उदय बडाल, बैतडीका प्रेमप्रकाश भट्ट, अछामका झपट साउँद प्रचण्ड–नेपाल समूहमा देखिएका छन्।
ओली समूहमा सचिवमा बाजुराका भरत बुढा मात्र खुलेको पाइएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया