Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापासहित चार जिल्लाका अध्यक्षलाई दाहाल–नेपाल समूहद्वारा नेकपा कारबाही

सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापासहित चार जिल्लाका अध्यक्षलाई दाहाल–नेपाल समूहद्वारा नेकपा  कारबाही

 नेकपा दाहाल–नेपाल समूहको सुदूरपश्चिम प्रदेश कमिटी बैठकले ओली समूहमा लागेका प्रदेश अध्यक्ष कर्ण थापासहित ४ जिल्लाका अध्यक्षलाई कारबाही गर्ने निर्णय गरेको छ।

शुक्रबार धनगढीमा बसेको नेकपा प्रदेश कमिटीको चौथो बैठकले पार्टी विधान विपरित काम गरेको भन्दै ओली समूहमा लागेका प्रदेश अध्यक्ष कर्ण थापा, कैलाली अध्यक्ष रतन थापा, कञ्चनपुर अध्यक्ष बिरबहादुर थापा, बैतडीका अध्यक्ष शुरेन्द्र पाल र बाजुरा जिल्ला कमिटी अध्यक्ष काली बहादुर शाहीलाई कारबाही गर्ने निर्णय गरेको हो। बैठकले उनीहरुलाई कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस समेत गरेको छ।

यसैगरी केपी ओलीले गरेको संघीय संसद विघटनका विरुद्ध थप आन्दोलन गर्ने र सबै नेता कार्यकर्तालाई समेटेर एकजुट हुने निर्णसमेत गरिएको नेकपा सुदूरपश्चिम कमिटीले जनाएको छ।

कारबाही गरिएका प्रदेश अध्यक्ष तथा जिल्ला कमिटी अध्यक्षको ठाउँमा कसलाई ल्याउने भन्ने विषयमा भने छलफल भइरहेको जनाइएको छ। बैठक नेकपा सुदूरपश्चिम प्रदेश कमिटीका सचिव नेपबहादुर चौधरीको अध्यक्षतामा बसेको थियो।

बैठकमा प्रदेश इन्चार्ज भीम रावल, सह–इन्चार्ज भानुभक्त जोशी, खगराज भट्ट, लक्ष्मण जोशी लगायत केन्द्रीय कमिटी सदस्यको उपस्थिति रहेको थियो। बैठकले गरेका निर्णयको पूर्ण जानकारी शनिबार पत्रकार सम्मेलनमार्फत गराइने सह–इन्चार्ज भानुभक्त जोशीले बताए।

ओली समूहले यसअघि नै दाहाल–नेपाल समूहका लागेका प्रदेश ईन्चार्ज भीम रावललाई कारबाही गरी लेखराज भट्टलाई प्रदेश संयोजक बनाएको थियो।

प्रतिक्रिया