ताजा अपडेट
सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापासहित चार जिल्लाका अध्यक्षलाई दाहाल–नेपाल समूहद्वारा नेकपा कारबाही
नेकपा दाहाल–नेपाल समूहको सुदूरपश्चिम प्रदेश कमिटी बैठकले ओली समूहमा लागेका प्रदेश अध्यक्ष कर्ण थापासहित ४ जिल्लाका अध्यक्षलाई कारबाही गर्ने निर्णय गरेको छ।
शुक्रबार धनगढीमा बसेको नेकपा प्रदेश कमिटीको चौथो बैठकले पार्टी विधान विपरित काम गरेको भन्दै ओली समूहमा लागेका प्रदेश अध्यक्ष कर्ण थापा, कैलाली अध्यक्ष रतन थापा, कञ्चनपुर अध्यक्ष बिरबहादुर थापा, बैतडीका अध्यक्ष शुरेन्द्र पाल र बाजुरा जिल्ला कमिटी अध्यक्ष काली बहादुर शाहीलाई कारबाही गर्ने निर्णय गरेको हो। बैठकले उनीहरुलाई कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस समेत गरेको छ।
यसैगरी केपी ओलीले गरेको संघीय संसद विघटनका विरुद्ध थप आन्दोलन गर्ने र सबै नेता कार्यकर्तालाई समेटेर एकजुट हुने निर्णसमेत गरिएको नेकपा सुदूरपश्चिम कमिटीले जनाएको छ।

कारबाही गरिएका प्रदेश अध्यक्ष तथा जिल्ला कमिटी अध्यक्षको ठाउँमा कसलाई ल्याउने भन्ने विषयमा भने छलफल भइरहेको जनाइएको छ। बैठक नेकपा सुदूरपश्चिम प्रदेश कमिटीका सचिव नेपबहादुर चौधरीको अध्यक्षतामा बसेको थियो।
बैठकमा प्रदेश इन्चार्ज भीम रावल, सह–इन्चार्ज भानुभक्त जोशी, खगराज भट्ट, लक्ष्मण जोशी लगायत केन्द्रीय कमिटी सदस्यको उपस्थिति रहेको थियो। बैठकले गरेका निर्णयको पूर्ण जानकारी शनिबार पत्रकार सम्मेलनमार्फत गराइने सह–इन्चार्ज भानुभक्त जोशीले बताए।
ओली समूहले यसअघि नै दाहाल–नेपाल समूहका लागेका प्रदेश ईन्चार्ज भीम रावललाई कारबाही गरी लेखराज भट्टलाई प्रदेश संयोजक बनाएको थियो।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया