Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

एक्लै सडकमा दाहाल–नेपाल समूह

एक्लै सडकमा दाहाल–नेपाल समूह

विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह सरकार विरुद्धको आन्दोलनमा एक्लै जाने भएको छ। कांग्रेस र जनता समाजवादी पार्टीले संयुक्त आन्दोलनको प्रस्तावलाई अस्वीकार गरेपछि सो समूह आन्दोलनका कार्यक्रम लिएर एक्लै संघर्षमा उत्रन लागेको हो।  

पुस १४ गते देशभर एकसाथ विरोधसभा गरेको सो समूहले संघर्षका थप कार्यक्रमका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गरेर संयुक्त आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको थियो। तर ती दलले संयुक्त आन्दोलनप्रति रुचि नदेखाएपछि एकल रूपमा संघर्षका कार्यक्रम घोषणाको तयारीमा दाहाल–नेपाल समूह लागेको हो। अहिले जिल्लाजिल्लामा प्रतिनिधिसभा विघटनविरुद्ध सो समूहको प्रदर्शन भइरहेको छ। साथै सबै जनवर्गीय संगठन र मोर्चा संगठनका केन्द्रीय बैठक र भेला पनि भइरहेका छन्। २० गते सबै नगरपालिका र गाउँपालिकासम्म पार्टी बैठक र भेला तथा पुस २५ गते सबै वडामा बैठक र भेला गर्ने दाहाल–नेपाल समूहले जनाएको छ।

सो समूहका पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले पुस १५ गते नै सरकारविरुद्ध आन्दोलनका लागि थप कार्यक्रम घोषणा गर्ने बताएका थिए। तर बुधबार सो समूहको स्थायी कमिटीको बैठक नै बस्न सकेन। दाहालपत्नी सीता दाहाल बिरामी परेका कारण स्थायी कमिटीको बैठक बस्न नसकेको बताइएको छ। तर सो पार्टीका एक नेताका अनुसार कांग्रेसले सुरुमा संयुक्त आन्दोलनका लागि ‘ग्रिन सिग्नल’ दिएको थियो।  

बिहीबार र शुक्रबार भएका अनौपचारिक भेटघाटमा कांग्रेस र जसपाका नेताहरूले संयुक्त आन्दोलनप्रति रुचि नदेखाएपछि संघर्ष समितिको बैठकबाट शनिबार वा आइतबार संघर्षका अन्य कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको छ। संघर्ष समितिका सचिव सूर्य सुवेदीका अनुसार केही दिनमा समितिको बैठकबाट आन्दोलनका थप कार्यक्रमको घोषणा हुनेछ।

दाहाल–नेपाल समूहका धेरैजसो केन्द्रीय सदस्य तथा सांसद जिल्लाजिल्लामा खटिएका छन्। उनीहरूले आफ्नो कार्यक्षेत्रमा परेका सबै कमिटीको बैठक र भेला राख्दै पार्टी विभाजनको औचित्यबारे प्रस्ट्याइहेका छन्।  

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारूढ दल विभाजित भएर दाहाल–नेपाल समूह बनेको थियो। सो समूहले पहिलो चरणको कार्यक्रमअन्तर्गत देशभर विरोधका कार्यक्रमहरू गरिरहेका छन्। आन्दोलनको कमान्डरका रूपमा पार्टीका प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठलाई तोकिएको छ। संसद् पुनःस्थापनासहितका विभिन्न माग राखेर दाहाल–नेपाल समूहले देशभर आन्दोलन गरिरहँदा कांग्रेस र जसपाले पनि सरकारको विरोध गरेपछि संयुक्त आन्दोलनको प्रस्ताव गरिएको थियो। संयुक्त आन्दोलनका लागि पहिलो चरणमा कांग्रेस पार्टी कार्यालयमा संयुक्त बैठक बसे पनि त्यसले कुनै ठोस प्रस्ताव गरेको थिएन। कांग्रेसले पुस १३ गते र नेकपा दाहाल–नेपाल समूहले १४ गते अलगअलग विरोध प्रदर्शन गरेका थिए।

‘कांग्रेस र जसपासँग संयुक्त संघर्ष समिति बनाएर जाने कुराकानी चलिरहेको छ। त्यसकारण आन्दोलनका कार्यक्रम घोषणामा हुन ढिलाइ भएको हो,’ संघर्ष समितिका सचिव सुवेदीले भने। उनका अनुसार अबको केही दिनमै संघर्ष समितिको कार्यक्रम घोषणा हुनेछ। प्रधानमन्त्री ओली समूहलाई काउन्टर दिनेगरी दाहाल–नेपाल समूहले तल्लो तहसम्म कार्यक्रमहरू आयोजना गरिरहेको छ। गाउँपालिकास्तरमै कार्यकर्ता भेला गरेर पार्टी विभाजन हुनुको कारणबारे कार्यकर्तालाई प्रशिक्षण गर्ने काम भइरहेको जनाइएको छ।  

प्रधानमन्त्री ओली समूहले पनि दाहाल–नेपाल समूहलाई काउन्टर दिनेगरी युवा विद्यार्थी तथा जिल्लास्तरीय भेला प्रशिक्षणहरू गरिरहेको छ। देशभर कार्यक्रम गर्ने उद्देश्यले ओली समूहले गृहमन्त्रीसमेत रहेका रामबहादुर थापालाई अघि सारेर कार्यकर्तामाझ पठाएको छ। बिहीबार र शुक्रबार भएका कार्यक्रममा गृहमन्त्री थापा प्रमुख वक्ता भएर सहभागी भएका थिए। शनिबार काठमाडौंको कमलादीमा हुने कार्यक्रममा पनि थापा नै प्रमुख वक्ता हुनेछन्। शुक्रबार ललितपुर नगर कमिटीको कार्यक्रममा उनी प्रमुख वक्ता थिए भने शनिबार काठमाडौ जिल्ला कमिटीले आयोजना गर्ने कार्यक्रममा पनि वक्ताका रूपमै थापा सहभागी हुदैछन्।

प्रतिक्रिया