Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

ओलीको व्यंग्‍य : घर मालिकले आफ्नो घरको दाबी गर्न पर्दैन

ओलीको व्यंग्‍य : घर मालिकले आफ्नो घरको दाबी गर्न पर्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले घर मालिकले आफ्नो घरको दाबी गर्दै कतै निवेदन हाल्न नपर्ने बताएका छन्। काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। 

'उहाँहरूले निर्वाचन आयोगमा आफू आधिकारिक भएको निवेदन हाल्नुभएको रहेछ। हिजो मलाई निर्वाचन आयोगबाट एउटा पत्र प्राप्त भयो' उनले भने, 'घर मालिकले आफ्नो घरको दाबी गर्न पर्दैन।' अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले क्षमताभन्दा ठूलो सपना देखेको उनले बताए। 'उहाँहरू गुटको भेला गर्नका लागि कार्की बैंक्‍वेट जानुभएको रहेछ। उहाँहरुको आँट पनि कत्रो ओलीलाई अध्यक्षबाट निकालिदिने रे!' उनले भने। 

'उहाँहरुले आफू आधिकारिक भएको पत्र पठाउँदा निर्वाचन आयोगका आयुक्त हरु पनि कति हाँस्नुभयो होला' उनले भने, 'जसको जग्गा हो। जसको घर हो। त्यसले आफ्नो भएको दाबी गर्दै निवेदन हाल्नै पर्दैन।' 

विधि, विधान, संविधान र देशको कानुन अनुसार पार्टी सञ्चालन गरिरहेको हुनाले पार्टीको सबै आधिकारिक अधिकार आफ्नो भएको दाबी गरे। ‘रुखबाट झरेको दुईवटा फलले रुख नै मै हुँ भन्न मिल्छ?’ उनले प्रश्न गर्दै भने।

'प्रचण्ड पक्षलाई आफूहरुले अझै पनि पार्टीबाट नहटाएको बताए। प्रचण्डलाई अध्यक्षमा राखिरहेका छौँ। माधव र झलनाथ खनाललाई हामीले अझै वरिष्ठ नेताको रुपमा राखिरहेका छौँ' उनले भने। 

 

प्रतिक्रिया