Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

ओलीको व्यंग्‍य : घर मालिकले आफ्नो घरको दाबी गर्न पर्दैन

ओलीको व्यंग्‍य : घर मालिकले आफ्नो घरको दाबी गर्न पर्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले घर मालिकले आफ्नो घरको दाबी गर्दै कतै निवेदन हाल्न नपर्ने बताएका छन्। काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। 

'उहाँहरूले निर्वाचन आयोगमा आफू आधिकारिक भएको निवेदन हाल्नुभएको रहेछ। हिजो मलाई निर्वाचन आयोगबाट एउटा पत्र प्राप्त भयो' उनले भने, 'घर मालिकले आफ्नो घरको दाबी गर्न पर्दैन।' अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले क्षमताभन्दा ठूलो सपना देखेको उनले बताए। 'उहाँहरू गुटको भेला गर्नका लागि कार्की बैंक्‍वेट जानुभएको रहेछ। उहाँहरुको आँट पनि कत्रो ओलीलाई अध्यक्षबाट निकालिदिने रे!' उनले भने। 

'उहाँहरुले आफू आधिकारिक भएको पत्र पठाउँदा निर्वाचन आयोगका आयुक्त हरु पनि कति हाँस्नुभयो होला' उनले भने, 'जसको जग्गा हो। जसको घर हो। त्यसले आफ्नो भएको दाबी गर्दै निवेदन हाल्नै पर्दैन।' 

विधि, विधान, संविधान र देशको कानुन अनुसार पार्टी सञ्चालन गरिरहेको हुनाले पार्टीको सबै आधिकारिक अधिकार आफ्नो भएको दाबी गरे। ‘रुखबाट झरेको दुईवटा फलले रुख नै मै हुँ भन्न मिल्छ?’ उनले प्रश्न गर्दै भने।

'प्रचण्ड पक्षलाई आफूहरुले अझै पनि पार्टीबाट नहटाएको बताए। प्रचण्डलाई अध्यक्षमा राखिरहेका छौँ। माधव र झलनाथ खनाललाई हामीले अझै वरिष्ठ नेताको रुपमा राखिरहेका छौँ' उनले भने। 

 

प्रतिक्रिया