Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

भिम रावलमाथि आरोपै आरोप लगाउँदै मन्त्री आले ले भने, दुई वर्षमा गर्ने काम पाँच महिनामै गर्छु

भिम रावलमाथि आरोपै आरोप लगाउँदै मन्त्री आले ले भने, दुई वर्षमा गर्ने काम पाँच महिनामै गर्छु

नेपाल सरकारका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेमगरले पाँच महिने कार्यकालमा दुई वर्ष बराबरको काम गर्ने बताएका छन्। शनिबार डडेल्धुरा सदरमुकाममा पत्रकार सम्मेलनमा नवनियुक्त मन्त्री आलेले आफ्नो कार्यकाल छोटो भएको र चार–पाँच महिनाको अवधिमा बढीभन्दा बढी काम गरेर देखाउने बताएका हुन्।

‘म आफ्नो समय खेर फाल्न चाहँदैन। मसँग चार–पाँच महिना बाँकी छ।’ उनले भने, ‘यो पाँच महिनामा करिब दुई वर्ष बराबरको काम गर्न म चाहन्छु।’ प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको जिम्मेवारी इमान्दारिताका साथ निभाउने प्रतिवद्धता उनले व्यक्त गरेका छन्। कुनै पनि लोभप्रलोवन नपरेर छोटो समयमा देखिने गरी काम अगाडि बढाउने उनको भनाइ थियो।

वन तथा वातावरण मन्त्रालयमा जिम्मेवारी पाएका पूर्व मन्त्रीहरुले गरेका कामहरुमध्ये छोटो कार्यकालमा पनि आफूले उत्कृष्ट काम गरेर मात्रै निस्कने उनले बताए। मन्त्रालयले ठूला ठूला पोखरी बनाउने, पहिरो आउने ठाउँमा वृक्षारोपण गर्ने, जडिबुटी उत्पादन र प्रशोधन गर्ने उद्योग सञ्चालन गर्ने, चिडियाखाना बनाउने र रोजगारी दिलाउने काम गर्ने बताए। उनले मन्त्रलायमा कार्यरत सचिव तथा अन्य कर्मचारीहरुलाई काम छिटोछरितो गर्न कडा निर्देशन समेत दिएको जानकारी दिए।

रावलमाथि आरोपै आरोप

साथै उनले पार्टी एक ढिक्का भएर आगामी निर्वाचनको सामना गर्ने बताए। फेरि नेकपाले दुई तिहाइ बहुमत ल्याउने विश्वास उनले व्यक्त गरे। उनले नेकपाका शीर्ष नेताहरू मिलिसकेको अवस्था डा.भीम रावलका कारण पार्टी विभाजनको स्थितिमा पुगेको आरोप समेत लगाए।

मन्त्री पद नपाएपछि रावलले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच फुट ल्याउने काम गरेको मन्त्री आलेले बताए। ‘पार्टी एक ढिक्का भएर आगामी निर्वाचनको सामना गर्नुपर्छ। फेरि दुई तिहाइ बहुमत ल्याउनुपर्छ।’ उनले भने,‘नेताहरु मिलिसकेका अवस्था एउटा डाक्टर रावलका कारण पार्टी विभाजनको अवस्था पुग्यो। रावलले पद नपाएपछि नेताहरुलाई लडाउने काम गरेँ।’

वैज्ञानिक वन व्यवस्थापनको नाममा जथाभावी वन फँडानी गरेर अधिकारको दुरुपयोग गरेको उल्लेख गर्दै मन्त्री आलेमगरले त्यस्तो गर्नेलाई कारबाही गर्ने बताए। वन व्यवस्थापनको नाममा गरिने वन फँडानीलाई रोक्ने समेत उनको भनाइ थियो। सुदूरपश्चिम प्रदेशको विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उनले बताए।

 

प्रतिक्रिया