Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

भिम रावलमाथि आरोपै आरोप लगाउँदै मन्त्री आले ले भने, दुई वर्षमा गर्ने काम पाँच महिनामै गर्छु

भिम रावलमाथि आरोपै आरोप लगाउँदै मन्त्री आले ले भने, दुई वर्षमा गर्ने काम पाँच महिनामै गर्छु

नेपाल सरकारका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेमगरले पाँच महिने कार्यकालमा दुई वर्ष बराबरको काम गर्ने बताएका छन्। शनिबार डडेल्धुरा सदरमुकाममा पत्रकार सम्मेलनमा नवनियुक्त मन्त्री आलेले आफ्नो कार्यकाल छोटो भएको र चार–पाँच महिनाको अवधिमा बढीभन्दा बढी काम गरेर देखाउने बताएका हुन्।

‘म आफ्नो समय खेर फाल्न चाहँदैन। मसँग चार–पाँच महिना बाँकी छ।’ उनले भने, ‘यो पाँच महिनामा करिब दुई वर्ष बराबरको काम गर्न म चाहन्छु।’ प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको जिम्मेवारी इमान्दारिताका साथ निभाउने प्रतिवद्धता उनले व्यक्त गरेका छन्। कुनै पनि लोभप्रलोवन नपरेर छोटो समयमा देखिने गरी काम अगाडि बढाउने उनको भनाइ थियो।

वन तथा वातावरण मन्त्रालयमा जिम्मेवारी पाएका पूर्व मन्त्रीहरुले गरेका कामहरुमध्ये छोटो कार्यकालमा पनि आफूले उत्कृष्ट काम गरेर मात्रै निस्कने उनले बताए। मन्त्रालयले ठूला ठूला पोखरी बनाउने, पहिरो आउने ठाउँमा वृक्षारोपण गर्ने, जडिबुटी उत्पादन र प्रशोधन गर्ने उद्योग सञ्चालन गर्ने, चिडियाखाना बनाउने र रोजगारी दिलाउने काम गर्ने बताए। उनले मन्त्रलायमा कार्यरत सचिव तथा अन्य कर्मचारीहरुलाई काम छिटोछरितो गर्न कडा निर्देशन समेत दिएको जानकारी दिए।

रावलमाथि आरोपै आरोप

साथै उनले पार्टी एक ढिक्का भएर आगामी निर्वाचनको सामना गर्ने बताए। फेरि नेकपाले दुई तिहाइ बहुमत ल्याउने विश्वास उनले व्यक्त गरे। उनले नेकपाका शीर्ष नेताहरू मिलिसकेको अवस्था डा.भीम रावलका कारण पार्टी विभाजनको स्थितिमा पुगेको आरोप समेत लगाए।

मन्त्री पद नपाएपछि रावलले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच फुट ल्याउने काम गरेको मन्त्री आलेले बताए। ‘पार्टी एक ढिक्का भएर आगामी निर्वाचनको सामना गर्नुपर्छ। फेरि दुई तिहाइ बहुमत ल्याउनुपर्छ।’ उनले भने,‘नेताहरु मिलिसकेका अवस्था एउटा डाक्टर रावलका कारण पार्टी विभाजनको अवस्था पुग्यो। रावलले पद नपाएपछि नेताहरुलाई लडाउने काम गरेँ।’

वैज्ञानिक वन व्यवस्थापनको नाममा जथाभावी वन फँडानी गरेर अधिकारको दुरुपयोग गरेको उल्लेख गर्दै मन्त्री आलेमगरले त्यस्तो गर्नेलाई कारबाही गर्ने बताए। वन व्यवस्थापनको नाममा गरिने वन फँडानीलाई रोक्ने समेत उनको भनाइ थियो। सुदूरपश्चिम प्रदेशको विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उनले बताए।

 

प्रतिक्रिया