Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

मोटरसाइकलमै झम्टेर बर्दियामा पाटे बाघले महिलालाई बेपत्ता पार्‍यो

मोटरसाइकलमै झम्टेर  बर्दियामा पाटे बाघले महिलालाई बेपत्ता पार्‍यो

बर्दियामा पाटेबाघले मोटरसाइकलमा सवार महिलालाई झम्टेर लगेको छ।  पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिक मोटरसाइकलमा सवार ती महिलामाथि पाटे बाघले आक्रमण गरेको हो। महिला अझैसम्म फेला परेकी छैनन्‌।

कैलालीको लम्किचुहा नगरपालिका-४ कि ५० वर्षीया नन्दकला थापालाई पाटे बाघले झम्टेर लगेको निकुञ्जले जनाएको छ। मोटरसाइकल चालक उनका छोरा सामान्य घाइते छन्‌। उपचारपछि आमाछोरा मोटरसाइकलमा सवार भई घरतर्फ आउँदै थिए। 

शुक्रबार राति करिव साढे ८ बजेतिर बाघले मोटरसाइकल सवार यात्रुमाथि आक्रमण गरेपछि निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना हात्तीसहित खोजीमा निस्किएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।

'रातिदेखि नै बेपत्ता भएकी महिलाको खोजीकार्य जारी छ, तर अहिलेसम्म उहाँ भेटिनुभएको छैन,' श्रेष्ठले भने, 'अबदेखि बेलुका भएपछि निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा मोटरसाइकल, साइकल र पैदल हिँड्न प्रतिबन्ध लगाउने विषयमा छलफल गरिनेछ।'

पछिल्लो समय बर्दियामा बाघ आतंक बढ्दै गएको छ। बर्दियाको मधुवन नगरपालिकामा रहेको खाता जैविक मार्गमा घर पालुवा जनावरलाई बाघले आक्रमण गर्न थालेको छ। पौष महिनाको पहिलो सातादेखि नै निरन्तर पाटे बाघले गाईवस्तुमाथि आक्रमण गर्न थालेको स्थानीय बासिन्दाले बताएका छन्।

प्रतिक्रिया