Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

मोटरसाइकलमै झम्टेर बर्दियामा पाटे बाघले महिलालाई बेपत्ता पार्‍यो

मोटरसाइकलमै झम्टेर  बर्दियामा पाटे बाघले महिलालाई बेपत्ता पार्‍यो

बर्दियामा पाटेबाघले मोटरसाइकलमा सवार महिलालाई झम्टेर लगेको छ।  पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिक मोटरसाइकलमा सवार ती महिलामाथि पाटे बाघले आक्रमण गरेको हो। महिला अझैसम्म फेला परेकी छैनन्‌।

कैलालीको लम्किचुहा नगरपालिका-४ कि ५० वर्षीया नन्दकला थापालाई पाटे बाघले झम्टेर लगेको निकुञ्जले जनाएको छ। मोटरसाइकल चालक उनका छोरा सामान्य घाइते छन्‌। उपचारपछि आमाछोरा मोटरसाइकलमा सवार भई घरतर्फ आउँदै थिए। 

शुक्रबार राति करिव साढे ८ बजेतिर बाघले मोटरसाइकल सवार यात्रुमाथि आक्रमण गरेपछि निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना हात्तीसहित खोजीमा निस्किएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।

'रातिदेखि नै बेपत्ता भएकी महिलाको खोजीकार्य जारी छ, तर अहिलेसम्म उहाँ भेटिनुभएको छैन,' श्रेष्ठले भने, 'अबदेखि बेलुका भएपछि निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा मोटरसाइकल, साइकल र पैदल हिँड्न प्रतिबन्ध लगाउने विषयमा छलफल गरिनेछ।'

पछिल्लो समय बर्दियामा बाघ आतंक बढ्दै गएको छ। बर्दियाको मधुवन नगरपालिकामा रहेको खाता जैविक मार्गमा घर पालुवा जनावरलाई बाघले आक्रमण गर्न थालेको छ। पौष महिनाको पहिलो सातादेखि नै निरन्तर पाटे बाघले गाईवस्तुमाथि आक्रमण गर्न थालेको स्थानीय बासिन्दाले बताएका छन्।

प्रतिक्रिया