Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ३० साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघले महिलालाई खाएपछि राति यात्रामा रोक

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघले महिलालाई खाएपछि  राति यात्रामा रोक

बर्दिया राष्ट्रिय निकुञ्जले पूर्वपश्चिम राजमार्गको निकुञ्ज क्षेत्रमा रातको समयमा यात्रामा रोक लगाइएको छ। पाटेबाघको आक्रमणमा परी महिलाको ज्यान गएपछि बर्दिया निकुञ्ज क्षेत्रमा रातिको समयमा साइकल, मोटरसाइकल चलाउन र पैदल यात्रा गर्न रोक लगाइएको हो।

हिंस्रक जनावरको आक्रमणबाट हुने सम्भावित जोखिम कम गर्न अम्रेनी–कर्णाली चिसापानी सडक खण्डमा आजैदेखि राति ८ बजेदेखि बिहान ६ बजेसम्म मोटरसाइकल, साइकल र पैदलयात्रुलाई हिँडडुलमा रोक लगाइएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले बताए।

राजमार्गमा पाटेबाघको चहलपहल बढेकाले सुरक्षित रहन समेत निकुञ्जले अनुरोध गरेको छ। पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत राजमार्गमा रातिको समयमा प्रायःजसो पाटेबाघ देखिने गरेको छ। राति मात्रै होइन दिउँसोको समयमा पनि यस क्षेत्रमा बाघ देखिने गरेको यात्रुहरुले बताएका छन्।

बर्दिया निकुञ्जको रम्मापुरदेखि सैनवार क्षेत्रमा नेपालगञ्जदेखि बिहानको समयमा भुरिगाउँ आउने क्रममा धेरै पटक पाटेबाघ तथा जंगली हात्तीले आफ्नो बाटो काटेको एक यात्रुको भनाइ छ।

यस क्षेत्रमा साँझ र बिहानको समयमा जंगली जनावर भेटिने गरेको र जनावर अगाडि देखिएको खण्डमा मोटरसाइकलमा सवार यात्रुहरु ट्रक तथा बसको बीचमा रहेर निकुञ्ज एरिया पार गर्ने गरेका थिए।

यो घटनाले यस क्षेत्रमा यात्रा गर्ने यात्रुहरु त्रसित बनेका छन्। निकुञ्ज एरियामा वन्यजन्तुहरु भेटिन सक्ने र बाटो काट्ने समयमा दुर्घटना हुन सक्ने भन्दै टाइम कार्डका लागु गरिएको थियो।

अहिले निकुञ्ज क्षेत्रमा रातिको समयमा दुइपांग्रे सवारीमा यात्रा नगर्न निकुञ्ज प्रसाशनले आग्रह गरेको छ। यसबाट यात्रुहरुलाई पर्न गएको असुविधाप्रति निकुञ्जले क्षमा मागेको छ।

यो पनि पढुनुहोस्

मोटरसाइकलमै झम्टेर बर्दियामा पाटे बाघले महिलालाई बेपत्ता पार्‍यो

प्रतिक्रिया

ट्रेन्डिङ