Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघले महिलालाई खाएपछि राति यात्रामा रोक

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघले महिलालाई खाएपछि  राति यात्रामा रोक

बर्दिया राष्ट्रिय निकुञ्जले पूर्वपश्चिम राजमार्गको निकुञ्ज क्षेत्रमा रातको समयमा यात्रामा रोक लगाइएको छ। पाटेबाघको आक्रमणमा परी महिलाको ज्यान गएपछि बर्दिया निकुञ्ज क्षेत्रमा रातिको समयमा साइकल, मोटरसाइकल चलाउन र पैदल यात्रा गर्न रोक लगाइएको हो।

हिंस्रक जनावरको आक्रमणबाट हुने सम्भावित जोखिम कम गर्न अम्रेनी–कर्णाली चिसापानी सडक खण्डमा आजैदेखि राति ८ बजेदेखि बिहान ६ बजेसम्म मोटरसाइकल, साइकल र पैदलयात्रुलाई हिँडडुलमा रोक लगाइएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले बताए।

राजमार्गमा पाटेबाघको चहलपहल बढेकाले सुरक्षित रहन समेत निकुञ्जले अनुरोध गरेको छ। पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत राजमार्गमा रातिको समयमा प्रायःजसो पाटेबाघ देखिने गरेको छ। राति मात्रै होइन दिउँसोको समयमा पनि यस क्षेत्रमा बाघ देखिने गरेको यात्रुहरुले बताएका छन्।

बर्दिया निकुञ्जको रम्मापुरदेखि सैनवार क्षेत्रमा नेपालगञ्जदेखि बिहानको समयमा भुरिगाउँ आउने क्रममा धेरै पटक पाटेबाघ तथा जंगली हात्तीले आफ्नो बाटो काटेको एक यात्रुको भनाइ छ।

यस क्षेत्रमा साँझ र बिहानको समयमा जंगली जनावर भेटिने गरेको र जनावर अगाडि देखिएको खण्डमा मोटरसाइकलमा सवार यात्रुहरु ट्रक तथा बसको बीचमा रहेर निकुञ्ज एरिया पार गर्ने गरेका थिए।

यो घटनाले यस क्षेत्रमा यात्रा गर्ने यात्रुहरु त्रसित बनेका छन्। निकुञ्ज एरियामा वन्यजन्तुहरु भेटिन सक्ने र बाटो काट्ने समयमा दुर्घटना हुन सक्ने भन्दै टाइम कार्डका लागु गरिएको थियो।

अहिले निकुञ्ज क्षेत्रमा रातिको समयमा दुइपांग्रे सवारीमा यात्रा नगर्न निकुञ्ज प्रसाशनले आग्रह गरेको छ। यसबाट यात्रुहरुलाई पर्न गएको असुविधाप्रति निकुञ्जले क्षमा मागेको छ।

यो पनि पढुनुहोस्

मोटरसाइकलमै झम्टेर बर्दियामा पाटे बाघले महिलालाई बेपत्ता पार्‍यो

प्रतिक्रिया