ताजा अपडेट
प्रहरी नियन्त्रणमा रहेका वडाध्यक्ष र प्रधानाध्यापकलाई छाडियो थप सामग्री
शिक्षक नियुक्तिमा घुस लिएको आरोप लागेपछि सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएका दैलेखका एक वडाध्यक्ष र प्रधानाध्यापकलाई छाडिएको छ।
दैलेख प्रहरी प्रमुख, डीएसपी अनुपम श्रेष्ठका अनुसार शिक्षक नियुक्तिमा उनीहरूको संलग्नता नदेखिएपछि बोलाएको बेला सम्पर्कमा आउनेगरी छाडिएको छ।
डीएसपी श्रेष्ठले आठबीस नगरपालिका–५ का वडाध्यक्ष कर्णबहादुर आले मगर र पीपलकोटमा रहेको दीप माध्यामिक विद्यालयका प्रधानाध्यापक पदम सिजापतीलाई सामान्य सोधपुछपछि शनिबार साँझ साढे ६ बजे छाडिएको बताए। वडाध्यक्ष आले मगर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुन्।
वडा अध्यक्ष आले मगरले शिक्षक नियुक्ती प्रक्रियामा भएको अनियमिततामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै र यसबारे छानबिन गर्ने बताएका छन्। उनीहरूलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया