Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

'लाइसेन्सको अनलाइन आवेदन सजिलै दिन केही समय लाग्छ'

'लाइसेन्सको अनलाइन आवेदन सजिलै दिन केही समय लाग्छ'

बन्द भएको लामो समयपछि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदनमा समस्या देखिएको छ । नौ महिनापछि गएको मङ्गलबारदेखि फेरि सुरु भएको लाइसेन्सको अनलाइन आवेदनमा समस्या देखिएको हो ।

कोरोना महामारीका कारण भएको लकडाउनसँगै बन्द भएको लाइसेन्सको अनलाइन आवेदन लामो समयपछि खुलेको हुनाले सिस्टममा समस्या देखिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले जानकारी दिनुभयो ।

विभागले आइतबारदेखि बुधबारसम्म बिहान ६ बजेदेखि राति १० बजेसम्म लाइसेन्सको अनलाइन आवेदन भर्ने व्यवस्था मिलाएको छ । विभागका अनुसार धेरैले अरू दिन पनि फर्म भर्ने प्रयास गरेकाले समस्या देखिएको र भर्न मिल्ने दिनमा पनि एकैपटक धेरै जनाले फाराम भर्ने भएकाले सिस्टममा समस्या देखिएको हो ।

यस्तै विभागले यातायात कार्यालयमा भिड नहोस् भनेर एउटा यातायात कार्यालयबाट हप्तामा एक सय वटा मोटरसाइकल र ५० वटा गाडीको कोटा तोकेको छ । अहिले १९ वटा कार्यालयबाट दैनिक पाँच हजार जनाले अनलाइन आवेदन भर्न मिल्ने विभागले जनाएको छ । 

तर दैनिक निश्चित कोटा निर्धारण गरिएकाले कोटा सकिँदा कतिपय सेवाग्राहीले आवेदन दिन भने नसकिएको गुनासो गरेका छन् ।

अहिले सेवाग्राहीको धेरै चाप रहेको र यो चाप बिस्तारै घट्दै गएपछि अबको एक महिनामा सजिलै आवेदन दिन सकिने विभागले जनाएको छ ।  

प्रतिक्रिया