Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

जेठमा एसईई सञ्चालन गर्न चारवटा विकल्प पेश

जेठमा एसईई सञ्चालन गर्न चारवटा विकल्प पेश

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको छ । परीक्षा सञ्चालनका निम्ति चारवटा विकल्प अघि बढाइएको छ । सम्बन्धित विद्यालय, स्थानीय तह, प्रदेश वा यसअघि झैँ संघीय सरकारमार्फत सञ्चालन गर्ने भन्ने रहेको छ । विद्यमान ऐनमा भने एसईई परीक्षा सञ्चालन जिम्मेवारी प्रदेश तहलाई दिइएको छ ।

मन्त्रालयको प्रस्तावसँगै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० का विद्यार्थीको विवरण माग गरेको छ । ‘सरकारले शैक्षिक सत्र टुङ्ग्याएपछि हामीले एसईई परीक्षा लिने हो,’ बोर्डका अध्यक्ष प्राध्यापक चन्द्रमणि पौडेलले भने, ‘त्यसैले कानुनअनुसार विद्यार्थीको यकिन विवरणका नम्ति फारम खुला गरेका छौँ । सरकारले निर्णय गरे थप तयारीमा जुट्छौँ ।’

गत वर्ष देशभरबाट एसईईका निम्ति ४ लाख ८२ हजार ७ सय ७ जना परीक्षार्थीले फारम भरेका थिए । सरकारले चैत ६ गतेबाट हुने परीक्षा कोरोनाभाइरसका कारण ५ गते स्थगित गर्ने घोषणा गरेको थियो । लकडाउनका कारण सहरमा पढ्दै गरेका धेरै विद्यार्थी गाउँघर फर्किएको अनुमान गरिएको छ ।

प्रतिक्रिया