Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २२ असोज २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव

मेनपावरका एजेन्टले बनाउँछन् नक्कली पीसीआर रिपोर्ट

मेनपावरका एजेन्टले बनाउँछन् नक्कली पीसीआर रिपोर्ट

फ्लाई दुवईको विमानबाट दुबई जान लागेका ७ जना शनिवार साँझ त्रिभुवन विमानस्थलमा पक्राउ परे । पर्यटक भिषामा विदेश जान लागेका उनीहरु पक्राउ पर्नुको कारण हो, ‘कोरोना परीक्षणको नक्कली पीसीआर रिपोर्ट ।’

विमानका कर्मचारीले शंका लागेर जाँच गर्दा उनीहरुको पीसीआर परिक्षण रिपोर्ट नक्कली रहेको भेटियो । पीसीआर रिपोर्ट नक्कली पुष्टि भएपछि विमानस्थलका कर्मचारीले उनीहरुलाई प्रहरीको जिम्मा लगाए ।

नक्कली पीसीआर रिपोर्ट देखाएर विमान चढ्न लागेका ७ जनालाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए । उनीहरुलाई गौशाला प्रहरीको हिरासतमा थुनामा राखिएको छ ।

पक्राउ पर्नेमा सल्यानका दिनेश सिंह, धनुषाका तेज नारायण महतो, छेदी महतो र सोलेन्द्र महतो, मकवानपुर  घर भएका रोशन प्रसाद आचार्य, अर्घाखाँचीका प्रविन भट्टराई र सिन्धुपाल्चोक घर भएका माइला तामाङ छन् । उनीहरुको साथबाट ह्याम्स अस्पताल र सेन्ट्रल डायग्नोस्टिक ल्याव्रोटरी काठमाडौँको नक्कली पीसीआर रिपोर्ट प्रहरीले बरामद गरेको छ ।  ६ जनाको साथमा ह्याम्स र एकजनाको साथमा सेन्ट्रल डायग्नोस्टिक ल्याव्रोटरीको रिपोर्ट फेला परेको हो ।

मेनवार कम्पनीमार्फत ‘घुम्ने बहाना’मा दुबई जान लागेकाहरुले मेनपावर एजेन्टले नै पीसीआर रिपोर्ट बनाएर दिएको प्रहरीलाई बयान दिएका छन् । उनीहरुलाई लिखत सम्बन्धी कसुरमा मुद्दा चलाइने महानगरीय प्रहरी वृत गौशालाका डिएसपी जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए ।

स्वास्थ्य प्रोटोकलका कारण पीसीआर जाँच गरेको ७२ घण्टाभित्र एक देशबाट अर्को देशको गन्तव्यमा पुगिसक्नुपर्छ । सो नियम छल्न मेनपावर एजेन्टले नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । रातोपाटी

प्रतिक्रिया

ट्रेन्डिङ