Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

मेनपावरका एजेन्टले बनाउँछन् नक्कली पीसीआर रिपोर्ट

मेनपावरका एजेन्टले बनाउँछन् नक्कली पीसीआर रिपोर्ट

फ्लाई दुवईको विमानबाट दुबई जान लागेका ७ जना शनिवार साँझ त्रिभुवन विमानस्थलमा पक्राउ परे । पर्यटक भिषामा विदेश जान लागेका उनीहरु पक्राउ पर्नुको कारण हो, ‘कोरोना परीक्षणको नक्कली पीसीआर रिपोर्ट ।’

विमानका कर्मचारीले शंका लागेर जाँच गर्दा उनीहरुको पीसीआर परिक्षण रिपोर्ट नक्कली रहेको भेटियो । पीसीआर रिपोर्ट नक्कली पुष्टि भएपछि विमानस्थलका कर्मचारीले उनीहरुलाई प्रहरीको जिम्मा लगाए ।

नक्कली पीसीआर रिपोर्ट देखाएर विमान चढ्न लागेका ७ जनालाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए । उनीहरुलाई गौशाला प्रहरीको हिरासतमा थुनामा राखिएको छ ।

पक्राउ पर्नेमा सल्यानका दिनेश सिंह, धनुषाका तेज नारायण महतो, छेदी महतो र सोलेन्द्र महतो, मकवानपुर  घर भएका रोशन प्रसाद आचार्य, अर्घाखाँचीका प्रविन भट्टराई र सिन्धुपाल्चोक घर भएका माइला तामाङ छन् । उनीहरुको साथबाट ह्याम्स अस्पताल र सेन्ट्रल डायग्नोस्टिक ल्याव्रोटरी काठमाडौँको नक्कली पीसीआर रिपोर्ट प्रहरीले बरामद गरेको छ ।  ६ जनाको साथमा ह्याम्स र एकजनाको साथमा सेन्ट्रल डायग्नोस्टिक ल्याव्रोटरीको रिपोर्ट फेला परेको हो ।

मेनवार कम्पनीमार्फत ‘घुम्ने बहाना’मा दुबई जान लागेकाहरुले मेनपावर एजेन्टले नै पीसीआर रिपोर्ट बनाएर दिएको प्रहरीलाई बयान दिएका छन् । उनीहरुलाई लिखत सम्बन्धी कसुरमा मुद्दा चलाइने महानगरीय प्रहरी वृत गौशालाका डिएसपी जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए ।

स्वास्थ्य प्रोटोकलका कारण पीसीआर जाँच गरेको ७२ घण्टाभित्र एक देशबाट अर्को देशको गन्तव्यमा पुगिसक्नुपर्छ । सो नियम छल्न मेनपावर एजेन्टले नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । रातोपाटी

प्रतिक्रिया