Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

प्रहरीलाई कमसल कपडा : ठेकेदार मुन्काको अर्काे ठेक्कामा पनि बदमासी

प्रहरीलाई कमसल कपडा : ठेकेदार मुन्काको अर्काे ठेक्कामा पनि बदमासी

किर्ते रिपोर्ट पेस गरेर प्रहरीलाई ठग्न खोजेको आरोपमा पक्राउ परेका ठेकेदार पीताम्बर मुन्काले फेरि पनि नेपाल प्रहरीलाई कमसल सामान बेच्न खोजेको पुष्टि भएको छ । उनले नेपाल प्रहरीलाई आपूर्ति गरेको एक लाख २० हजार मिटर कटनको कपडा गुणस्तर परीक्षणमा फेल भएको छ । 

मुन्काले पूजा ट्रेडिङ नामक कम्पनीमार्फत प्रहरीमा ठेक्का हालेका थिए । सस्तो दररेट पेस गरेकाले उनकै कम्पनीले ठेक्का पाएको थियो । तर, उनले आपूर्ति गरेको सामान सम्झौताअनुसारको गुणस्तरीय नभएको रिपोर्ट आएको छ । गुणस्तरमा फेल भएपछि उनको कपडा फिर्ता पठाउने प्रहरी तयारी छ । ‘आपूर्ति भएको कपडा ल्याब टेस्टमा फेल भएको छ,’ नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले भने, ‘उनको धरौटी जफत गरी प्रहरीले कानुनी प्रक्रिया अघि बढाउँछ ।’ 

 किर्ते काम गरेर प्रहरीलाई ठग्न खोजेकोमा हाल उनी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को हिरासतमा छन् । छुट्टै नमुना परीक्षणमा पठाएको त्यसको रिपोर्टका आधारमा उनले प्रहरीलाई कपडा दिने प्रयास गरेका थिए । 

मुन्काको कम्पनी क्राउन टेक्सटाइल इन्ड्रस्टिजले आर्थिक वर्ष ०७३/७४ मा नेपाल प्रहरीको २० हजार मिटर उलन पाइन्टको कपडा आपूर्तिको ठेक्का पाएको थियो । उनले ०७४ मा प्रहरीलाई कपडा आपूर्ति गरे । गुणस्तर परीक्षणको क्रममा  कपडा सम्झौताअनुसार गुणस्तरीय नभएपछि प्रहरीले नलिने निर्णय गरेको थियो ।  

त्यसरी परीक्षण गर्दा आफूलाई रोहवरमा नराखी नमुना लिइएको भन्दै उनले प्रहरीविरुद्ध अदालतमा रिट दायर गरे । अदालतले उनलाई समेत रोहवरमा राखेर नुमना लिई पुनः परीक्षण गर्न आदेश दियो । सोहीअनुसार पुनः परीक्षण गरियो । भारतको चेन्नईस्थित एसजिएच कम्पनीमा पुनः परीक्षण गर्दा सो कपडाको गुणस्तर सम्झौताभन्दा कमजोर देखिएको थियो । मुन्काले सोही कम्पनीमा राम्रो कपडाको नमुना पठाई त्यसको रिपोर्ट प्रहरीलाई इमेलमार्फत पठाउन लगाएर प्रहरीलाई झुक्याउने प्रयास गरेका थिए । 

त्यस सम्बन्धमा प्रहरी प्रधान कार्यालयले एसएसपी उमेश रञ्जितकारको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । सो समितिको सिफारिसका आधारमा उनलाई ठगी मुद्दा अघि बढाइएको सिआइबीले जनाएको छ । उनका कर्मचारी नरेन्द्रनाथ पौडेललाई समेत प्रहरीले पक्राउ गरेको छ । यो घटनामा तत्कालीन अवस्थामा भण्डार शाखामा कार्यरत डिएसपी मदन केसीको समेत शंकास्पद भूमिका देखिएको प्रहरी स्रोत बताउँछ । 

ठेकेदार मुन्काले लामो समयदेखि प्रहरीमा कपडाको आपूर्ति गर्दै आएका छन् । सस्तो दररेटमा पेस गर्ने र कमसल सामान उनले पास गराउँदै आएको स्रोत बताउँछ । नुमना परीक्षणमै चलखेल गरी उनले कमसल सामान पास गराउँदै आएका छन् । सशस्त्र प्रहरीमा यो वर्ष पनि उनकै कम्पनीले धेरै ठेक्का पाएको छ । नेपाली सेनाले पनि हालै उनीसँगको ठेक्का रद्द गरेको छ । 

प्रतिक्रिया