Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

मंगलबार र बुधबार हिमपात र वर्षा, बिहीबारदेखि मौसम खुल्ने - देशभरको मौसम पूर्वानुमान

मंगलबार र बुधबार हिमपात र वर्षा, बिहीबारदेखि मौसम खुल्ने - देशभरको मौसम पूर्वानुमान

मंगलबार देशका थोरै ठाउँ वर्षा र हिमपात हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुृको प्रभावले बुधबार रातिसम्म नै थोरै ठाउँमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । 

उनका अनुसार बिहीबारदेखि भने मौसम खुल्दै जानेछ । तर मंगलबार र बुधबार भने देशभरी मौसम पूर्ण रुपमा बदली भएर केही ठाउँमा वर्षा र हिमपात हुनेछ । 

मंगलबार दिउँसो देशभर बदली भएपनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै तथा बागमती र प्रदेश १ को एक-दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यस्तै उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात पनि हुने सम्भावाना छ । यसैगरी राति देशभर आंशिकदेखि सामान्य बदली रहि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । 

देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । त्यस्तै बुधबार दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै तथा गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपात पनि हुनेछ । 

बुधबार राति देशको पहाडी भू-भागमा आंशिक बदली रही एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

मंगलबार र बुधबार देशभरी कै मौसम बदली भए पनि बिहीबारदेखि भने मौसम खुल्दै जाने मौसमविद् नगरकोटीको पूर्वानुमान छ । 

उनका अनुसार आइतबारदेखि नै देशभरी कै मौसम बदली गराएको पश्चिमी वायु कमजोर हुँदै गएपछि बिहीबारदेखि मौसम खुल्दै जाने छ । बिहीबार दिउँसो पहाडी भु-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

पश्चिमी हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने राति प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

पश्चिमी हिमाली भ-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । वर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा घट्ने भएकाले देशैभर चिसो बढ्ने भन्दै चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

काठमाडौंको मंगलबार बिहानको तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ । 

प्रतिक्रिया