Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

मंगलबार र बुधबार हिमपात र वर्षा, बिहीबारदेखि मौसम खुल्ने - देशभरको मौसम पूर्वानुमान

मंगलबार र बुधबार हिमपात र वर्षा, बिहीबारदेखि मौसम खुल्ने - देशभरको मौसम पूर्वानुमान

मंगलबार देशका थोरै ठाउँ वर्षा र हिमपात हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुृको प्रभावले बुधबार रातिसम्म नै थोरै ठाउँमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । 

उनका अनुसार बिहीबारदेखि भने मौसम खुल्दै जानेछ । तर मंगलबार र बुधबार भने देशभरी मौसम पूर्ण रुपमा बदली भएर केही ठाउँमा वर्षा र हिमपात हुनेछ । 

मंगलबार दिउँसो देशभर बदली भएपनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै तथा बागमती र प्रदेश १ को एक-दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यस्तै उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात पनि हुने सम्भावाना छ । यसैगरी राति देशभर आंशिकदेखि सामान्य बदली रहि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । 

देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । त्यस्तै बुधबार दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै तथा गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपात पनि हुनेछ । 

बुधबार राति देशको पहाडी भू-भागमा आंशिक बदली रही एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

मंगलबार र बुधबार देशभरी कै मौसम बदली भए पनि बिहीबारदेखि भने मौसम खुल्दै जाने मौसमविद् नगरकोटीको पूर्वानुमान छ । 

उनका अनुसार आइतबारदेखि नै देशभरी कै मौसम बदली गराएको पश्चिमी वायु कमजोर हुँदै गएपछि बिहीबारदेखि मौसम खुल्दै जाने छ । बिहीबार दिउँसो पहाडी भु-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

पश्चिमी हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने राति प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

पश्चिमी हिमाली भ-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । वर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा घट्ने भएकाले देशैभर चिसो बढ्ने भन्दै चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

काठमाडौंको मंगलबार बिहानको तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ । 

प्रतिक्रिया