Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामीना गरेको भन्दै भीम रावलमाथि कारबाहीको सिफारिस गर्दै ओली समूहले सुदूरपश्चिम प्रदेश कमिटी विस्तार गर्यो

पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामीना गरेको भन्दै भीम रावलमाथि कारबाहीको सिफारिस गर्दै ओली समूहले सुदूरपश्चिम प्रदेश कमिटी विस्तार गर्यो

नेकपा केपी ओली समूहले सुदूरपश्चिम प्रदेश कमिटी विस्तार गरेको छ । प्रदेशको चौथो विस्तारित बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको हो ।

प्रदेश संयोजक लेखराज भट्टको प्रमुख आतिथ्यता र अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा भएको बैठकले पुस २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई संबोधन गर्ने भएकोमा उक्त कार्यक्रमलाई शानदार रूपमा सफल पार्न योजनाबद्द ढंगले जनपरिचालनमा जुट्ने निर्णय गरेको छ ।

बुधबार बसेको प्रदेश कमिटी बैठकले नेता भीम रावलले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामीना गरेको भन्दै कारबाहीको सिफारिससमेत गरेको छ। 

‘बैठकले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेकोमा भीम रावल पीएचडीलाई कारबाही गर्न सिफारिश समेत गरेको बताइएको छ’, प्रेस सल्लाहकार थापाले फेसबुकमा लेखेका छन्।  

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भएको छ। एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन्। 

अहिले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्चको संवैधानिक इजलासको सुनुवाइमा छ भने नेकपा विभाजनको आधिकारिकताको विवाद निर्वाचन आयोगमा पुगेर अड्किएको छ। 

 

प्रतिक्रिया