ताजा अपडेट
अब अन्तर बैंक एटीएम कार्ड प्रयोग गर्दा शुल्क लाग्ने
बैंक तथा वित्तीय संस्थाका ग्राहकले अब अन्य संस्थाको एटीएम काउन्टर मार्फत कारोबार गर्दा शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै अन्तर बैंकको एटीएम मार्फत कारोबार गर्दा शुल्क लाग्ने व्यवस्था गरेको छ।
कोरोना भाइरसका कारण ग्राहकको सहजीकरणका लागि यस अघि निःशुल्क गरिएको अन्तर बैंक एटीएम कारोबारमा करिब १० महिना पछि पुनः शुल्क लाग्ने व्यवस्था गरिएको हो । बैंकहरुले आगामी माघ १ गते देखि अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिन सक्ने भएका छन् ।
एक बैंकले जारी गरेका एटीएम कार्ड अन्य बैंकको एटीएम काउन्टरमा प्रयोग गर्दा मासिक २ वटा कारोबारमा शुल्क लाग्ने छैन । तर, मासिक २ कारोबार भन्दा धेरै गरेमा २० रुपैयाँका दरले शुल्क तिर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया