Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

हुन्डी अपराध : १ लाख रुपैयाँमा २ हजारसम्म कमिसन!

हुन्डी अपराध : १ लाख रुपैयाँमा २ हजारसम्म कमिसन!

सोमवार प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ स्थित नागढुङ्गा चेक प्वाइन्टबाट भारतीय नागरिकसहित एक नेपालीलाई समात्यो। भारतको गोरखपुर घण्टाघर घर भएका ३० वर्षीय अमितकुमार गुप्ता र कपिलबस्तु बाँडगँगा नगरपालिका ४ बस्ने २२ वर्षीय संगम थारु समातिए।

कपिलवस्तुबाट काठमाडौं उपत्यकाभित्र प्रवेश गरेको प्रदेश ३-०१-०२३ च २२५९ नम्बरको सिल्भर कलरको कारमा लुकाइ राखेको १ करोड ४७ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ। रकमको  धनी आफैं भएको गुप्ताले प्रहरीसँग बयान दिएको प्रहरीको भनाई छ।

थारु भने कारका चालक हुन्। तर गुप्ताले काठमाडौं भित्र्याउन लागेको रकमको स्रोत भने खुलेको छैन। प्रहरीको अनुसन्धानले हुन्डी कारोबारी भएको देखाएको छ। 

पछिल्लो समय हुन्डी कारोबारीहरु संक्रिय भएको प्रहरीको अनुसन्धानमा देखिएको छ। गत कार्तिकमा पनि केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले स्रोत नखुलेको एक करोड रुपैयाँ समेत बरामद गरेको थियो। काठमाडौंको ओमबहालबाट रकम बरामद भएको थियो। हुन्डी कारोबारी संक्रिय भएकाले व्यूरोले पनि अनुसन्धान जारी राखेको छ।

'केही हुन्डी कारोबारी संक्रिय छ भन्ने सुचना छ। हामी यस्ता अप्रेसनहरु जारी राखेका छौं,' व्यूरोका डिआइजी सहकुलबहादुर थापाले भने।

कारोबारीहरुले नेपाल बाहेक भारत,चीन, अस्ट्रेलिया, दुबई लगायत देशहरूमा हुन्डीको कारोबार गर्दै आएको देखिन्छ। अबैध रुपमा एक देशबाट अर्को देशमा केही रकम लिएर पैसा पठाउने कार्य नै हुन्डी हो। एजेन्टको मार्फत् पैसा पठाउने गरिन्छ

उनीहरूले १ लाख रुपैयाँको हुण्डी गरे वापत सेवाग्राहीबाट २ हजार रुपैयाँ लिन गरेको पाइएको छ। हुण्डी कारोबारीहरूको दुवै देशमा एजेन्ट हुन्छन्। पैसा पठाउनु पर्ने व्यक्तिले पैसा बुझाएपछि कारोबारीले केही अङ्कको कोड नम्बर दिन्छन्। उनीहरूले त्यही नम्बर लिएर अर्को देशमा भएको एजेन्टलाई भेटेपछि पैसा प्राप्त गर्छ।

उनीहरूले सूचनालाई गोप्य बनाउन ह्वाट्सएप र विच्याट प्रयोग गर्ने गरेका छन्। भारतमा सबैभन्दा विश्वासिलो र लोकप्रिय म्यासेन्जर ह्वाट्सएप। चीनमा विच्याट लोकप्रिय छ। सोमबार प्रहरीले बरामद गरेको रकम पनि हुन्डीकै हो त? थप अनुसन्धानको लागि प्रहरीले गुप्तालाई सम्पति शुद्धिकरण विभागमा बुझाएको छ।

प्रतिक्रिया