Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

हुन्डी अपराध : १ लाख रुपैयाँमा २ हजारसम्म कमिसन!

हुन्डी अपराध : १ लाख रुपैयाँमा २ हजारसम्म कमिसन!

सोमवार प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ स्थित नागढुङ्गा चेक प्वाइन्टबाट भारतीय नागरिकसहित एक नेपालीलाई समात्यो। भारतको गोरखपुर घण्टाघर घर भएका ३० वर्षीय अमितकुमार गुप्ता र कपिलबस्तु बाँडगँगा नगरपालिका ४ बस्ने २२ वर्षीय संगम थारु समातिए।

कपिलवस्तुबाट काठमाडौं उपत्यकाभित्र प्रवेश गरेको प्रदेश ३-०१-०२३ च २२५९ नम्बरको सिल्भर कलरको कारमा लुकाइ राखेको १ करोड ४७ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ। रकमको  धनी आफैं भएको गुप्ताले प्रहरीसँग बयान दिएको प्रहरीको भनाई छ।

थारु भने कारका चालक हुन्। तर गुप्ताले काठमाडौं भित्र्याउन लागेको रकमको स्रोत भने खुलेको छैन। प्रहरीको अनुसन्धानले हुन्डी कारोबारी भएको देखाएको छ। 

पछिल्लो समय हुन्डी कारोबारीहरु संक्रिय भएको प्रहरीको अनुसन्धानमा देखिएको छ। गत कार्तिकमा पनि केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले स्रोत नखुलेको एक करोड रुपैयाँ समेत बरामद गरेको थियो। काठमाडौंको ओमबहालबाट रकम बरामद भएको थियो। हुन्डी कारोबारी संक्रिय भएकाले व्यूरोले पनि अनुसन्धान जारी राखेको छ।

'केही हुन्डी कारोबारी संक्रिय छ भन्ने सुचना छ। हामी यस्ता अप्रेसनहरु जारी राखेका छौं,' व्यूरोका डिआइजी सहकुलबहादुर थापाले भने।

कारोबारीहरुले नेपाल बाहेक भारत,चीन, अस्ट्रेलिया, दुबई लगायत देशहरूमा हुन्डीको कारोबार गर्दै आएको देखिन्छ। अबैध रुपमा एक देशबाट अर्को देशमा केही रकम लिएर पैसा पठाउने कार्य नै हुन्डी हो। एजेन्टको मार्फत् पैसा पठाउने गरिन्छ

उनीहरूले १ लाख रुपैयाँको हुण्डी गरे वापत सेवाग्राहीबाट २ हजार रुपैयाँ लिन गरेको पाइएको छ। हुण्डी कारोबारीहरूको दुवै देशमा एजेन्ट हुन्छन्। पैसा पठाउनु पर्ने व्यक्तिले पैसा बुझाएपछि कारोबारीले केही अङ्कको कोड नम्बर दिन्छन्। उनीहरूले त्यही नम्बर लिएर अर्को देशमा भएको एजेन्टलाई भेटेपछि पैसा प्राप्त गर्छ।

उनीहरूले सूचनालाई गोप्य बनाउन ह्वाट्सएप र विच्याट प्रयोग गर्ने गरेका छन्। भारतमा सबैभन्दा विश्वासिलो र लोकप्रिय म्यासेन्जर ह्वाट्सएप। चीनमा विच्याट लोकप्रिय छ। सोमबार प्रहरीले बरामद गरेको रकम पनि हुन्डीकै हो त? थप अनुसन्धानको लागि प्रहरीले गुप्तालाई सम्पति शुद्धिकरण विभागमा बुझाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ