ताजा अपडेट
बैतडीको क्वारेन्टाइनमा खाना पकाउने व्यक्तिको मृत्यु
बैतडी — बैतडीमा क्वारेन्टाइनमा बसेकाहरुलाई खाना पकाउने एक जना पुरुषको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा बसेकाहरुलाई खाना पकाउने गरेका दशरथचन्द नगरपालिका ६ कै करिब ५० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार राति घरमै बिरामी भएका उनको शनिबार बिहान अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी प्रमुख एसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
क्वारेन्टाइनमा खाना पकाउने व्यक्तिको मृत्यु भएकोले कोरोना परीक्षणका लागि स्वाब संकलनको कार्य गर्न ल्याबका कर्मचारीहरु गएका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । स्वाब संकलन गर्ने र शव कसरी व्यवस्थापन गर्ने भन्ने कुराको तयारी भइरहेको उनले जानकारी दिए । ३/४ दिन अघिबाट भने उनले क्वारेन्टाइनमा खाना पकाउन छोडेका बुझिएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया