ताजा अपडेट
पाँच वर्षमा हुने चुनाव साढे तीन वर्षमा गरौँ भन्दा केको रोइलो हाे ? - महेश बस्नेत
नेकपा ओली समूहका नेता महेश बस्नेतले संविधानअनुसार नै संसद् विघटन भएको बताएका छन् । नेकपा ओली समूह रुकुम पश्चिमले जिल्ला सदरमुकाम मुसिकोट खलंगामा बिहीबार आयोजना गरेको खुला जनसभालाई सम्बाेधन गर्दै नेता बस्नेतले संसद् विघटन संविधानसम्मत रहेको दाबी गरे ।
‘संविधानमा भएको स्पष्ट व्यवस्थाअनुसार ताजा जनादेशका लागि संसद् विघटन भएको हो,’ उनले भने, ‘लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन हो । त्यसैअनुसार प्रधानमन्त्रीले ताजा जनादेशका लागि निर्वाचनमा जाने घोषणा गर्नु कसरी असंवैधानिक हुन्छ ?’
अन्य देशहरूको समेत उदाहरण दिँदै बस्नेतले भने, ‘पाँच वर्षमा हुने निर्वाचन साढे तीन वर्षमा गरौँ भन्दा केको रोइलो हो ? विभिन्न देशमा निर्वाचन भएकै छन् त ।’ लोकतन्त्रमा ‘टिके’ प्रवृत्तिको काम नभएको भन्दै उनले नेतृत्वका लागि जनतामा जानुको विकल्प नभएको बताए ।
उनले केपी ओलीको लोकप्रियता देखेर प्रचण्ड र माधवकुमार नेपाल डराएको आरोप लगाए । ‘केपी ओलीले जसरी राम्रो काम गर्दै जानुभएको थियो, जनताको प्रिय बनिरहनुभएको थियो, देशको स्वाभिमानका लागि अडिग हुनुभएको थियो,’ उनले भने, ‘त्यो प्रचण्ड र नेपाललाई मन परेन र चारैतिरबाट घेराबन्दीमा पारेर कामै गर्न नदिने र आफ्नै पार्टीबाट अविश्वासको प्रस्ताव ल्याउने जस्तो घिनलाग्दो प्रयास गर्नुभयो ।’ नेता बस्नेतले प्रचण्डलाई रुकुम आएर चुनाव लड्न सुझाबसमेत दिए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया