Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

प्रधानमन्त्री ओली आउने भएपछि कैलालीमा ‘कालो मास्क’ प्रतिबन्ध

प्रधानमन्त्री ओली आउने भएपछि कैलालीमा ‘कालो मास्क’ प्रतिबन्ध

प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्बोधन गर्न सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी आउने भएपछि कैलालीको सुरक्षा व्यवस्था कडा पारिएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश कमिटीको आयोजनामा (भोलि) शुक्रवार धनगढी खुलामञ्चमा हुने जनसभालाई सम्बोधन गर्न ओली धनगढी आउन लागेका हुन्। प्रधानमन्त्रीको सुरक्षा तथा आमसभा स्थलमा अप्रिय घटना हुन नदिन सुरक्षा रणनीति बनाएर अगाडि बढेको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए।

‘प्रधानमन्त्रीज्यूकोे सुरक्षाका लागि व्यापक सुरक्षा प्रबन्ध मिलाएका छौँ। जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ’ उनले भने।

प्रधानमन्त्री ओलीको सुरक्षाका लागि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन हुने छन्। शुक्रबार प्रधानमन्त्री ओलीको सुरक्षाका लागि कार्यक्रमस्थल, प्रधानमन्त्री जाने सडक लगायत स्थानमा गरी करिब एक हजारको हाराहारीमा सशस्त्र प्रहरी र जनपद प्रहरी परिचालन गरिने प्रहरी स्रोतले जनाएको छ। यस्तै झण्डै सयको हाराहारीमा सादा पोसाकमा प्रहरी खटिने छन्।

आमसभा स्थल वरिपरि तथा प्रधानमन्त्री ओली आवात–जावत गर्ने सडकमा कुनै पनि किसिमको विरोध गर्न नदिन सुरक्षाकर्मीलाई ‘हाई अलर्टमा राखिएको छ। आमसभास्थल तथा प्रधानमन्त्री आवत–जावत गर्ने सडक क्षेत्रमा कालो ब्यानर, कालो मास्क र कालो झण्डामा प्रतिबन्ध लगाइएको प्रहरी स्रोतले बतायो।

‘कालो ब्यानर, मास्क र झण्डाले विरोधकोे संकेत गर्ने गरेको भनेर कुरा आएको छ। त्यसैले हामीले यसमा रोक लगाएका छौँ’ एक उच्च प्रहरी अधिकारीले प्रहरीले भने।

प्रतिनिधि सभा विघटनपछि पहिलो पटक जनसभालाई सम्बोधन गर्न आउन लागेका प्रधानमन्त्री ओलीको धनगढीको यात्रालाई निकै चासोले हेरिएको छ।

सुदूरपश्चिम प्रदेश सभामा ओली पक्ष कमजोर छ। प्रदेश सरकारबाट बाहिरिएको ओली पक्ष सरकार फेर्ने रणनीतिमा छ। संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वनमन्त्री प्रेम आले, श्रममन्त्री गौरीशंकर चौधरी, सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना अहिले प्रदेशको अस्थायी राजधानी धनगढीमा बसेर सांसद आफ्नो पक्षमा पार्ने कसरतमा छन्।

वर्तमान सरकारमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने ती मन्त्रीहरु कार्यक्रमको तयारी सँगसँगै कार्यकर्ता तथा जिल्लाका नेताहरूलाई बोलाएर अलग–अलग छलफल तथा भेटघाट गरिरहेको स्रोत बताउँछ।

प्रतिक्रिया