ताजा अपडेट
डोटीमा भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते
डोटीको आदर्श गाउँपालिका-१ मा जंगली भालुको आक्रमणमा परि दुई जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार ८४ वर्षीय रामबहादुर खड्का र उहाँकी पाँच वर्षीया नातिनी सरस्वती खड्कालाई भालुले आक्रमण गरेको हो ।
हिजो बेलुकी खेतबारीको काम सकेर घर फर्किँदै गर्दा उनीहरुलाई घर नजिकै भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । उनीहरुको दिपायलमा रहेको शैलश्वरी अस्पतालमा उपचार भइरहेको छ ।
खप्तड राष्ट्रिय निकुञ्जबाट गाउँमा आहाराका लागि आउने जङ्गली जनावरले बर्सेनि आक्रमण गर्ने गरेकोे सायल गाउँपालिकाका स्थानीय तेजबहादुर डुम्रेलले जानकारी दिनुभयो । आक्रमण गर्ने भालु अहिले पनि गाउँमै घुमी रहेका कारण नियन्त्रणमा लिन स्थानीयबासिन्दाले प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया