ताजा अपडेट
डोटीमा भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते
डोटीको आदर्श गाउँपालिका-१ मा जंगली भालुको आक्रमणमा परि दुई जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार ८४ वर्षीय रामबहादुर खड्का र उहाँकी पाँच वर्षीया नातिनी सरस्वती खड्कालाई भालुले आक्रमण गरेको हो ।
हिजो बेलुकी खेतबारीको काम सकेर घर फर्किँदै गर्दा उनीहरुलाई घर नजिकै भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । उनीहरुको दिपायलमा रहेको शैलश्वरी अस्पतालमा उपचार भइरहेको छ ।
खप्तड राष्ट्रिय निकुञ्जबाट गाउँमा आहाराका लागि आउने जङ्गली जनावरले बर्सेनि आक्रमण गर्ने गरेकोे सायल गाउँपालिकाका स्थानीय तेजबहादुर डुम्रेलले जानकारी दिनुभयो । आक्रमण गर्ने भालु अहिले पनि गाउँमै घुमी रहेका कारण नियन्त्रणमा लिन स्थानीयबासिन्दाले प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया