Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

अधिकांश समय दाहाल–नेपालको आलोचनामा बित्याे प्रधानमन्त्री ओलीको ४५ मिनेट लामो सम्बोधन : धनगढी

अधिकांश समय दाहाल–नेपालको आलोचनामा बित्याे  प्रधानमन्त्री ओलीको ४५ मिनेट लामो सम्बोधन :  धनगढी

प्रतिनिधि सभा विघटनपछि शुक्रबार पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओली उपत्यकाबाहिर आउनुभयो । उहाँको पहिलो रोजाइमा पर्‍याे सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी । प्रधानमन्त्रीको सुदूरपश्चिम मोह वर्तमान मन्त्रिपरिषदमा चार जना मन्त्री बनाउँदा पनि देखिएको थियो ।

देशव्यापी दौडाहाको पहिलो गन्तव्य सुदूरपश्चिम बनाउनुमा थुप्रै कारण छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित हुनुअघि पार्टीभित्र ओलीका चर्को विरोधीका रुपमा चिनिन्थे, भीम रावल । सुदूरपश्चिम रावलको गृह क्षेत्र हो । रावललाई गृह क्षेत्रमा कमजोर बनाउनका लागि ओलीले सुदूरपश्चिम रोजेको कतिपयको धारणा छ । धनगढीमा प्रधानमन्त्री ओलीले सुदूरपश्चिमका विकासे योजनासँगै रहस्यमा रहेका कतिपय घटनाबारे सम्बोधन गर्लान् भन्ने आँकलन सुदूरपश्चिमवासीको थियो । 

४५ मिनेटको सम्बोधनमा धेरै समय समय नेकपाकै इतर समूहका नाममा खर्चिनुभयाे । त्यसबाहेक मञ्चमा रहेका नेताहरूलाई नाम सोधीसोधी सुदूरपश्चिमका चर्चित तर अधुरा योजनाबारे भने सम्बोधन गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘अब सुदूरपश्चिम प्रदेशलाई कसैले पनि पछाडि पार्न सक्दैन् ।’ 

अधिकांश समय दाहाल–नेपाललाई कटाक्ष

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको दाहाल–नेपाल समूहलाई दश सिट ल्याएर देखाउन चुनौती दिनुभएको छ । ओलीले दाहाल–नेपाल चुनाव लड्न डराएको भन्दै दुई अङ्कमा जितेर देखाउन चुनौती दिनुभयो । ‘देशभरमा १० सिट जितेर देखाउनुस् । म चुनौती दिन्छु’, ओलीले भन्नुभयो । तीन करोड नागरिक भएको ठाउँमा दुई सय ६५ जनाले पार्टी छाडेर हिँड्दैमा कुनै असर नपर्ने ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले आफूले नेतृत्व गरेको नेकपा छोरी, बुहारी, सम्धीको पार्टी नभएको बताउँदै प्रचण्डलाई कटाक्ष गर्नुभयो । ओलीले आफू सरकारको नेतृत्वमा भए पनि कोही एक जना आफन्तलाई कतै नियुक्ति नदिएको दाबी गर्नुभयो । दाहाल– नेपालले आफू र आफ्ना नातागोताको फाइदाका लागि पार्टीमा झगडा गरेको उहाँले बताउनुभयो ।

‘उहाँहरुका आँखा देशतिर लगाउनु भनेको व्यर्थ हो । छोरी–ज्वाई नातागोता आदिमा मात्रै उहाँको ध्यान छ । अवसरै अवसरको तर मारेकाहरु अहिले छटपटाइरहेका छन्’, ओलीले भन्नुभयो । आफूले ५० वर्ष अघिदेखि नै एकता–एकीकरणको अभियानको थालनी गरेको उहाँले बताउनुभयो । प्रचण्डलाई पनि काम लाग्छ कि भनेर पार्टीमा ल्याएको र ‘लाटोकोसेरोले घाम लागेको बेला देख्न नसके’ जस्तै सरकारले काम थालेको देख्न नसकेको ओलीले टिप्पणी गर्नुभयो ।  

ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई भगौडाको संज्ञा दिनुभयो । ओलीले पार्टी छाडेर गएका केही भगौडाहरुको कुरा नसुन्न पनि आग्रह गर्नुभयो । ‘पार्टी छाडेर भागेका केही भगौडाहरुका कुरा सुन्नुभएको होला । केन्द्रीय कमिटी बैठकमा नआएर बाटोमा बसेर हामी यहाँ छौँ भनिरहेका रहेछन्’ उहाँले भन्नुभयो, ‘सडकमा गएर गालीगलौज गरेर, मुख छाडेर बसेका रहेछन् । प्रचण्ड र माधव नेपाल अघि लागेका जुलुसमा अश्लील गाली लाग्छन् । गाली गर्ने, दन्तबझान गर्ने हामीलाई फुर्सद छैन ।’

प्रतिक्रिया