Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २० बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

अधिकांश समय दाहाल–नेपालको आलोचनामा बित्याे प्रधानमन्त्री ओलीको ४५ मिनेट लामो सम्बोधन : धनगढी

अधिकांश समय दाहाल–नेपालको आलोचनामा बित्याे  प्रधानमन्त्री ओलीको ४५ मिनेट लामो सम्बोधन :  धनगढी

प्रतिनिधि सभा विघटनपछि शुक्रबार पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओली उपत्यकाबाहिर आउनुभयो । उहाँको पहिलो रोजाइमा पर्‍याे सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी । प्रधानमन्त्रीको सुदूरपश्चिम मोह वर्तमान मन्त्रिपरिषदमा चार जना मन्त्री बनाउँदा पनि देखिएको थियो ।

देशव्यापी दौडाहाको पहिलो गन्तव्य सुदूरपश्चिम बनाउनुमा थुप्रै कारण छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित हुनुअघि पार्टीभित्र ओलीका चर्को विरोधीका रुपमा चिनिन्थे, भीम रावल । सुदूरपश्चिम रावलको गृह क्षेत्र हो । रावललाई गृह क्षेत्रमा कमजोर बनाउनका लागि ओलीले सुदूरपश्चिम रोजेको कतिपयको धारणा छ । धनगढीमा प्रधानमन्त्री ओलीले सुदूरपश्चिमका विकासे योजनासँगै रहस्यमा रहेका कतिपय घटनाबारे सम्बोधन गर्लान् भन्ने आँकलन सुदूरपश्चिमवासीको थियो । 

४५ मिनेटको सम्बोधनमा धेरै समय समय नेकपाकै इतर समूहका नाममा खर्चिनुभयाे । त्यसबाहेक मञ्चमा रहेका नेताहरूलाई नाम सोधीसोधी सुदूरपश्चिमका चर्चित तर अधुरा योजनाबारे भने सम्बोधन गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘अब सुदूरपश्चिम प्रदेशलाई कसैले पनि पछाडि पार्न सक्दैन् ।’ 

अधिकांश समय दाहाल–नेपाललाई कटाक्ष

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको दाहाल–नेपाल समूहलाई दश सिट ल्याएर देखाउन चुनौती दिनुभएको छ । ओलीले दाहाल–नेपाल चुनाव लड्न डराएको भन्दै दुई अङ्कमा जितेर देखाउन चुनौती दिनुभयो । ‘देशभरमा १० सिट जितेर देखाउनुस् । म चुनौती दिन्छु’, ओलीले भन्नुभयो । तीन करोड नागरिक भएको ठाउँमा दुई सय ६५ जनाले पार्टी छाडेर हिँड्दैमा कुनै असर नपर्ने ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले आफूले नेतृत्व गरेको नेकपा छोरी, बुहारी, सम्धीको पार्टी नभएको बताउँदै प्रचण्डलाई कटाक्ष गर्नुभयो । ओलीले आफू सरकारको नेतृत्वमा भए पनि कोही एक जना आफन्तलाई कतै नियुक्ति नदिएको दाबी गर्नुभयो । दाहाल– नेपालले आफू र आफ्ना नातागोताको फाइदाका लागि पार्टीमा झगडा गरेको उहाँले बताउनुभयो ।

‘उहाँहरुका आँखा देशतिर लगाउनु भनेको व्यर्थ हो । छोरी–ज्वाई नातागोता आदिमा मात्रै उहाँको ध्यान छ । अवसरै अवसरको तर मारेकाहरु अहिले छटपटाइरहेका छन्’, ओलीले भन्नुभयो । आफूले ५० वर्ष अघिदेखि नै एकता–एकीकरणको अभियानको थालनी गरेको उहाँले बताउनुभयो । प्रचण्डलाई पनि काम लाग्छ कि भनेर पार्टीमा ल्याएको र ‘लाटोकोसेरोले घाम लागेको बेला देख्न नसके’ जस्तै सरकारले काम थालेको देख्न नसकेको ओलीले टिप्पणी गर्नुभयो ।  

ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई भगौडाको संज्ञा दिनुभयो । ओलीले पार्टी छाडेर गएका केही भगौडाहरुको कुरा नसुन्न पनि आग्रह गर्नुभयो । ‘पार्टी छाडेर भागेका केही भगौडाहरुका कुरा सुन्नुभएको होला । केन्द्रीय कमिटी बैठकमा नआएर बाटोमा बसेर हामी यहाँ छौँ भनिरहेका रहेछन्’ उहाँले भन्नुभयो, ‘सडकमा गएर गालीगलौज गरेर, मुख छाडेर बसेका रहेछन् । प्रचण्ड र माधव नेपाल अघि लागेका जुलुसमा अश्लील गाली लाग्छन् । गाली गर्ने, दन्तबझान गर्ने हामीलाई फुर्सद छैन ।’

प्रतिक्रिया

ट्रेन्डिङ