Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

नेपाली कांग्रेसले आज ३ सय ३० ठाउँमा प्रदर्शन गर्दै

नेपाली कांग्रेसले आज ३ सय ३० ठाउँमा प्रदर्शन गर्दै

नेपाली काँग्रेसले आज शनिबार मुलुकका ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमबिरुद्ध काँग्रेसले दोस्रो चरणको आन्दोलनअन्तर्गत उक्त कार्यक्रम गर्न लागेको हो ।

जसअन्तर्गत ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं.१.प्रदेश सभा (क) को बिरोध प्रदर्शन गोदावरी पार्टी कार्यालय टौखेलमा बिहान ८ बजे भेला र मोतिचौरमा सभा हुने छ । प्रदेश सभा (ख) को बिहान साढे १० बजे टाहाखेल चौतारामा भेला हुने र सभा हुने स्थान चापागाउँ पुरानो बसपार्क रहेको छ ।

क्षेत्र नं.२.प्रदेश सभा (क) को बिरोध प्रदर्शन इमाडोल कृष्ण मन्दिरमा बिहान ८ बजे र (ख) को भेला हुने बिहान ११ बजे गा:बहालमा र सभा हुने ठाउँ सुन्धारा रहेको छ । क्षेत्र नं. ३.प्रदेश सभा (क) को बिरोध प्रदर्शन बिहान ८ बजे बटुक भैरव र सभा हुने खुमलटार तोकिएको छ । त्यसैगरी (ख) को बिरोध प्रदर्शन बिहान ८ बजे नख्खुमा हुने छ ।

काठमाडौमा नेपाली काँग्रेसले क्षेत्र नं. १ प्रदेश सभा (क) को बिरोध प्रदर्शन कार्यक्रमअन्तर्गत १२ बजे बिजुली बजारमा भेला हुने र १ बजे एभरेस्ट होटलअगाडि नयाँ बानेश्वरमा सभा गर्नेछ । त्यसैगरी,प्रदेश सभा (ख) को बिरोध प्रदर्शन कार्यक्रमअन्तर्गत पौने ११ बजे कात्यायनी चोकमा भेला हुने र देउराली क्लव अगाडि सभा हुने छ ।

क्षेत्र नं. २ .प्रदेश सभा (क) को कान्तिपुर टेलिभिजन अगाडि साढे २ बजे बिरोध प्रदर्शन कार्यक्रम छ भने प्रदेश सभा (ख) को बिरोध प्रदर्शन राधाकृष्ण मन्दिर थलीमा दिउँसो सवा बाह्र बजे हुनेछ । त्यसैगरी, क्षेत्र नं. ३ प्रदेश सभा (क) को बिरोध प्रदर्शन कार्यक्रम बौद्ध पिपल बोटमा दिउँसो साढे १२ बजे राखिएको छ । (ख) को बिरोध प्रदर्शन गोकर्णेश्वर,भगवती थानमा दिउँसो १ बजे हुने बताइएको छ ।

क्षेत्र नं. ४ प्रदेश सभा (क) को बिरोध प्रदर्शन कार्यक्रम सिफल चौरमा ११ बजे भेला भई चाबहिल स्तुपामा बिरोध सभा हुनेछ । प्रदेश सभा (ख) को बिरोध प्रदर्शन कार्यक्रम १ बजे ह्याण्डबल ग्राउण्ड कपनमा राखिएको छ ।

क्षेत्र नं. ५ प्रदेश सभा (क) को बिरोध प्रदर्शन कार्यक्रम सवा १२ बजे विशालनगरमा भेला भई सरस्वतीस्थान,लाजिम्पाटमा बिरोध सभा हुनेछ । प्रदेश सभा (ख) को बिरोध प्रदर्शन कार्यक्रमको लागि सवा १२ बजे बसुन्धारामा भेला भई १ बजे चपलीस्थित ध्रुवतारा स्कूलअगाडि बिरोध प्रदर्शन हुनेछ ।

क्षेत्र नं. ६ प्रदेश सभा (क) को बिरोध प्रदर्शन कार्यक्रम २ बजे भृकुटी मण्डपमा र प्रदेश सभा (ख) को बिरोध प्रदर्शन कार्यक्रम जाल्पा चोक,टोखामा १२ बजे राखिएको छ । त्यसैगरी, क्षेत्र नं.७ प्रदेश सभा (क) को बिरोध प्रदर्शन कार्यक्रम दिउँसो १ बजे क्षेत्रपाटी चोकमा र प्रदेश सभा (ख) को बिरोध प्रदर्शन कार्यक्रम पुरानो गुह्येश्वरी मन्दिर,तारकेश्वर ४ मा दिउँसो १ बजे तय गरिएको छ ।

क्षेत्र नं. ८ प्रदेश सभा (क) को बिरोध प्रदर्शन कार्यक्रमअन्तर्गत साढे १२ बजे जोर गणेशमा भेला हुने र ओमबहाल चोकमा साढे १२ बजे बिरोधसभाको कार्यक्रम राखिएको छ । प्रदेश सभा (ख) को बिरोध प्रदर्शन कार्यक्रम साढे १ बजे भगवान पाउ, स्वयम्भूमा राखिएको छ । क्षेत्र नं. ९ प्रदेश सभा (क) को बिरोध प्रदर्शन कार्यक्रम साढे १२ बजे टेकुमा भेला हुने र जैसीदेवलमा सभाको आयोजना गरिएको छ ।

त्यस्तै प्रदेश सभा (ख) को बिरोध प्रदर्शन कार्यक्रम साढे १२ बजे स्युचटारमा भेला हुने र शालिक चोकमा साढे १२ बजे सभा हुनेछ । क्षेत्र नं. १० प्रदेश सभा (क) को बिरोध प्रदर्शन कार्यक्रम झम्केश्वरी प्राङ्गणमा दिउँसो १ बजे राखिएको छ । प्रदेश सभा (ख) को बिरोध प्रदर्शन कार्यक्रम थानकोट, इमाखेलमा २ बजे हुने जनाइएको छ ।

उता भक्तपुर जिल्लाको क्षेत्र नं. १ प्रदेश सभा (क) को बिरोध प्रदर्शन कार्यक्रम चानपा ३ झौखेलमा बाह्र बजे हुनेछ । प्रदेश सभा (ख) को बिरोध प्रदर्शन कार्यक्रम दूधपाटीमा बिहान एघार बजे रहेको छ । क्षेत्र नं. २ प्रदेश सभा (क) को बिरोध प्रदर्शन कार्यक्रमअन्तर्गत साढे १ बजे कौशलटारमा भेला हुने र २ बजे बालकोटमा बिरोध सभा राखिएको छ । प्रदेश सभा (ख) को बिरोध प्रदर्शनअन्तर्गत बाहाखा बजारमा साढे ११ बजे भेला गरेर बोडे चोकमा बिरोध सभा गर्ने जनाइएको छ ।

प्रतिक्रिया