ताजा अपडेट
धनगढीमा पक्राउ परेका युवाहरुलाई रिहा गर्न देउवाको माग
कांग्रेस सभापति शेरबहादुर देउवाले धनगढीमा पक्राउ परेका युवाहरुलाई रिहा गर्न माग गरेका छन् । निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएको भन्दै देउवाले तत्काल रिहा गर्न सामाजिक सञ्जालमार्फत आग्रह गरेका हुन् ।
'निर्मला पन्तको बलात्कारी खै ? लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई प्रक्राउ गर्ने कार्य एकदम निन्दनीय छ । दोषीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्य/मान्यताविपरीत हो । पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गर्दछु', देउवाले ट्वीट गरेका छन् ।
नेकपा ओली समूहले शुक्रबार धनगढीमा गरेको प्रदेशस्तरीय आमसभामा ‘निर्मलाको बलात्कारी खै ?’ लेखिएको टि–सर्ट लगाउने सात जना युवालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा धनगढीका विनोद खड्का, आरुद शाह, सागर जोशी, राजेन्द्र शाही, प्रविन खड्का, सुरेश जोशी र मोहन्यालका नरेशप्रसाद जोशी रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रतीक विष्टले बताए ।
धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई प्रक्राउ गर्ने कार्य एकदम निन्दनिय छ।दोशीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मुल्य/मान्यता विपरित हो। पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गर्दछु! pic.twitter.com/JUbpf5mj5f
— Sher Bahadur Deuba (@DeubaSherbdr) January 8, 2021
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया