ताजा अपडेट
५० यात्रु बाकेको विमान वेपत्ता, पानीमा जहाज र मानिसको शरिरको टुक्रा देखियो
इन्डोनेसियाको राजधानी जाकर्ताबाट उडेको बोइङ ७३७ यात्रुवाहक विमान दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । शनिबार दिउँसो उडेको ५० यात्रु बोकेको विमान उडेको केही समयमै ३ हजार मिटरमाथि पुगेपछि सम्पर्कवीहिन भएको थियो ।
श्रीविजया एयरको फ्लाइट संख्या एसजेवाई १८२ विमान सम्पर्क विहिन भएको हो । सम्पर्क विहिन भएको करिब ४ घण्टापछि एक पानीजहाज कमाण्डरले जहाज र मानिसको शरिरका टुक्रा भेटिएको बताएका छन् ।
ट्राइसुला तटगार्डका जहाजका कमाण्डर कप्तान इकोसुर्या हाडीले एक स्थानीय टिभीलाई मानिसको शरिरका टुक्रा र जहाजको टुक्रा फेला परेको बताएका छन् । यसबारेमा थप जानकारी आउन बाँकी छ ।
यसअघि इन्डोनेसियामा सन् २०१८ को अक्टोबर २९ मा बोइङको विमान दुर्घटनाग्रस्त बनेको थियो। त्यसबेला ७३७ म्याक्स विमान दुर्घटनामा पर्दा उक्त विमानमा सवार सबै १८९ जनाको मृत्यु भएको थियो।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया