ताजा अपडेट
५० यात्रु बाकेको विमान वेपत्ता, पानीमा जहाज र मानिसको शरिरको टुक्रा देखियो
इन्डोनेसियाको राजधानी जाकर्ताबाट उडेको बोइङ ७३७ यात्रुवाहक विमान दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । शनिबार दिउँसो उडेको ५० यात्रु बोकेको विमान उडेको केही समयमै ३ हजार मिटरमाथि पुगेपछि सम्पर्कवीहिन भएको थियो ।
श्रीविजया एयरको फ्लाइट संख्या एसजेवाई १८२ विमान सम्पर्क विहिन भएको हो । सम्पर्क विहिन भएको करिब ४ घण्टापछि एक पानीजहाज कमाण्डरले जहाज र मानिसको शरिरका टुक्रा भेटिएको बताएका छन् ।
ट्राइसुला तटगार्डका जहाजका कमाण्डर कप्तान इकोसुर्या हाडीले एक स्थानीय टिभीलाई मानिसको शरिरका टुक्रा र जहाजको टुक्रा फेला परेको बताएका छन् । यसबारेमा थप जानकारी आउन बाँकी छ ।
यसअघि इन्डोनेसियामा सन् २०१८ को अक्टोबर २९ मा बोइङको विमान दुर्घटनाग्रस्त बनेको थियो। त्यसबेला ७३७ म्याक्स विमान दुर्घटनामा पर्दा उक्त विमानमा सवार सबै १८९ जनाको मृत्यु भएको थियो।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया