Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

माधव नेपाल ले भने कौरव वंशका दुर्योधनजस्तै हुन केपी ओली

माधव नेपाल ले भने कौरव वंशका दुर्योधनजस्तै हुन केपी ओली

नेकपा प्रचण्ड- नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कौरवका भाइ दुर्योधन रहेको आरोप लगाएका छन् । शनिबार सिराहामा जय गोविन्द साहको ३१ औं स्मृतिसभामा बोल्दै अध्यक्ष नेपालले ओलीकै कारण नेकपा र देशको यस्तो अवस्था आएको बताए।

‘केपी ओली दुर्योधनजस्तै हुन्, ' उनले भने, 'युधिष्ठिर भएपछि धर्मको शासन हुन्छ तर दुर्योधनको शासन भएपछि पूरा वंशकै नाश हुन्छ। केपी ओलीमा भष्मासुर प्रवृत्ति हो, कहिले कसलाई भष्म गर्छन् थाहा छैन।’

‘डोनाल्ड ट्रम्प चुनाव हारेपछि सत्ता कब्जा गर्न खोजेपछि उनीमाथि महाअभियोग लाग्ने भयो त्यस्तै ओलीले संसद विघटन गरेका छन्,' उनले अगाडि भने, 'संसद विघटन गरेपछि उनी पनि कामचलाउ सरकार हो। कुन दिन उनी झर्छन् कसैलाई थाहा छैन।’

असंवैधानिक कदम चालेर प्रतिनिधि सभा विघटन गरेर मुलुकलाई संकटमा धकेलेको ओली झूट, अहंकार,  घमण्डको दोस्रो नाम रहेको बताए। केपी ओली पार्टीको नेता हुने लायक नरहेको उनको जिकिर छ। देशलाई अगाडि बढाउन समझदार व्यक्तिको आवश्यकता रहेकोले ओलीको पछाडि नलाग्न उनले आग्रह गरे ।

प्रतिक्रिया