ताजा अपडेट
माधव नेपाल ले भने कौरव वंशका दुर्योधनजस्तै हुन केपी ओली
नेकपा प्रचण्ड- नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कौरवका भाइ दुर्योधन रहेको आरोप लगाएका छन् । शनिबार सिराहामा जय गोविन्द साहको ३१ औं स्मृतिसभामा बोल्दै अध्यक्ष नेपालले ओलीकै कारण नेकपा र देशको यस्तो अवस्था आएको बताए।
‘केपी ओली दुर्योधनजस्तै हुन्, ' उनले भने, 'युधिष्ठिर भएपछि धर्मको शासन हुन्छ तर दुर्योधनको शासन भएपछि पूरा वंशकै नाश हुन्छ। केपी ओलीमा भष्मासुर प्रवृत्ति हो, कहिले कसलाई भष्म गर्छन् थाहा छैन।’
‘डोनाल्ड ट्रम्प चुनाव हारेपछि सत्ता कब्जा गर्न खोजेपछि उनीमाथि महाअभियोग लाग्ने भयो त्यस्तै ओलीले संसद विघटन गरेका छन्,' उनले अगाडि भने, 'संसद विघटन गरेपछि उनी पनि कामचलाउ सरकार हो। कुन दिन उनी झर्छन् कसैलाई थाहा छैन।’
असंवैधानिक कदम चालेर प्रतिनिधि सभा विघटन गरेर मुलुकलाई संकटमा धकेलेको ओली झूट, अहंकार, घमण्डको दोस्रो नाम रहेको बताए। केपी ओली पार्टीको नेता हुने लायक नरहेको उनको जिकिर छ। देशलाई अगाडि बढाउन समझदार व्यक्तिको आवश्यकता रहेकोले ओलीको पछाडि नलाग्न उनले आग्रह गरे ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया