Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

टोखामा दम्पत्तीको शंकास्पद मृत्यु, अनुसन्धान गर्दै प्रहरी

टोखामा दम्पत्तीको शंकास्पद मृत्यु, अनुसन्धान गर्दै प्रहरी

राजधानीको टोखामा एक दम्पत्तीको शंकास्पद अवस्थामा शव भेटिएको छ। बानेश्वरका ३३ वर्षीय उमेश केसी र उनकी पत्नी ३३ वर्षीया सुदीक्षा गिरी मृत अवस्थामा भेटिएका हुन्।

टोखास्थित ग्रान्ड भिल्ला अपार्टमेन्टमा बस्दै आएका केसी दम्पतीलाई शुक्रबार राति प्रहरीले मृत अवस्थामा फेला पारेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी प्रमेश विष्टले जानकारी दिए।

प्रहरीलाई स्थानीयले खबर गरेपछि घटनास्थल पुगेर मुचुल्का उठाएको थियो। प्रहरी घटनास्थलमा पुग्दा उमेशको शव खाटमा थियो भने सुदीक्षाको शव झुण्डिएको अवस्थामा थियो।

डीएसपी विष्टका अनुसार उमेशको टाउकोमा गम्भीर चोट देखिन्छ। घटनास्थल नजिकै ढुंगा फेलापरेको छ। ‘हामीले शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि टिचिङ पठाएका छौं। घटना शंकास्पद देखिए पनि के कारणले मृत्यु भएको भन्ने अवस्था छैन’, विष्टले भने,‘पोष्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारण खुल्छ।’

प्रारम्भिक अनुसन्धानमा भने उमेशको हत्या गरेपछि सुदीक्षाले आत्महत्या गरेको आशंका गरिएको छ। प्रहरीका अनुसार सदीक्षाको माइतीघर घटनास्थलबाट नजिकै छ। उमेशका आफन्तले प्रहरीलाई जानकारी दिए अनुसार उमेश दसैंको फूलपातीका दिन अमेरिकाबाट नेपाल फर्किएका थिए।

आगामी माघ १ गते उनी अमेरिका जाने तयारीमा थिए। २०७२ वैशाखमा अध्ययनका लागि अमेरिका गएका उमेशले ग्रिनकार्ड समेत पाएका थिए।

उमेशको माइला दाजु हिमेशले घटना शंकास्पद भएकाले प्रहरीले निष्पक्ष छानबिन गर्नुपर्ने बताए। उनका अनुसार उमेशले सगुन नामको कम्पनीमा ठूलो रकम लगानी गरेका थिए। उक्त लगानीको बारेमा समेत निकट केहीसँग उमेशको दूरी बढेको थियो।

हिमेशले भने,‘सगुनमा उमेशको आठदेखि १० करोड रुपैंयाँ लगानी थियो। उक्त लगानीबारे विवाद बढेको पनि हो। त्यही कारणले उसको हत्या भएको आशंका छ।’

आफू भाइसँग गत मंगलबार मात्रै खाजा खाएर छुट्टिए पनि सम्पर्क नभएको उनले बताए। भाइबुहारीबीच त्यस्तो कुनै पनि विषयमा खटपट नभएको हिमेशले बताए।अन्नपूर्णबाट

प्रतिक्रिया