Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

टोखामा दम्पत्तीको शंकास्पद मृत्यु, अनुसन्धान गर्दै प्रहरी

टोखामा दम्पत्तीको शंकास्पद मृत्यु, अनुसन्धान गर्दै प्रहरी

राजधानीको टोखामा एक दम्पत्तीको शंकास्पद अवस्थामा शव भेटिएको छ। बानेश्वरका ३३ वर्षीय उमेश केसी र उनकी पत्नी ३३ वर्षीया सुदीक्षा गिरी मृत अवस्थामा भेटिएका हुन्।

टोखास्थित ग्रान्ड भिल्ला अपार्टमेन्टमा बस्दै आएका केसी दम्पतीलाई शुक्रबार राति प्रहरीले मृत अवस्थामा फेला पारेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी प्रमेश विष्टले जानकारी दिए।

प्रहरीलाई स्थानीयले खबर गरेपछि घटनास्थल पुगेर मुचुल्का उठाएको थियो। प्रहरी घटनास्थलमा पुग्दा उमेशको शव खाटमा थियो भने सुदीक्षाको शव झुण्डिएको अवस्थामा थियो।

डीएसपी विष्टका अनुसार उमेशको टाउकोमा गम्भीर चोट देखिन्छ। घटनास्थल नजिकै ढुंगा फेलापरेको छ। ‘हामीले शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि टिचिङ पठाएका छौं। घटना शंकास्पद देखिए पनि के कारणले मृत्यु भएको भन्ने अवस्था छैन’, विष्टले भने,‘पोष्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारण खुल्छ।’

प्रारम्भिक अनुसन्धानमा भने उमेशको हत्या गरेपछि सुदीक्षाले आत्महत्या गरेको आशंका गरिएको छ। प्रहरीका अनुसार सदीक्षाको माइतीघर घटनास्थलबाट नजिकै छ। उमेशका आफन्तले प्रहरीलाई जानकारी दिए अनुसार उमेश दसैंको फूलपातीका दिन अमेरिकाबाट नेपाल फर्किएका थिए।

आगामी माघ १ गते उनी अमेरिका जाने तयारीमा थिए। २०७२ वैशाखमा अध्ययनका लागि अमेरिका गएका उमेशले ग्रिनकार्ड समेत पाएका थिए।

उमेशको माइला दाजु हिमेशले घटना शंकास्पद भएकाले प्रहरीले निष्पक्ष छानबिन गर्नुपर्ने बताए। उनका अनुसार उमेशले सगुन नामको कम्पनीमा ठूलो रकम लगानी गरेका थिए। उक्त लगानीको बारेमा समेत निकट केहीसँग उमेशको दूरी बढेको थियो।

हिमेशले भने,‘सगुनमा उमेशको आठदेखि १० करोड रुपैंयाँ लगानी थियो। उक्त लगानीबारे विवाद बढेको पनि हो। त्यही कारणले उसको हत्या भएको आशंका छ।’

आफू भाइसँग गत मंगलबार मात्रै खाजा खाएर छुट्टिए पनि सम्पर्क नभएको उनले बताए। भाइबुहारीबीच त्यस्तो कुनै पनि विषयमा खटपट नभएको हिमेशले बताए।अन्नपूर्णबाट

प्रतिक्रिया