Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

झापमा दलित बालिकामाथि आठ दिनसम्म होटेलमा बन्धक बनाएर बलात्कार

झापमा दलित बालिकामाथि आठ दिनसम्म होटेलमा बन्धक बनाएर बलात्कार

झापामा गौरादहकी एक दलित बालिकाले आफूलाई बन्धक बनाएर आठ दिनसम्म बलात्कार गरेको बताएकी छिन् । प्रहरीले घटनामा अनुसन्धान सुरु गर्दै बलात्कार भए–नभएको पुष्टिका लागि स्वास्थ्य जाँचका लागि पठाइएको छ । 

मोरङ पथरी–शनिश्चरेका २५ वर्षीय प्रकाश कार्कीले दमकको एक होटेलमा बन्धन बनाएर आठ दिनसम्म बलात्कार गरेको पीडित १५ वर्षीया बालिकाको भनाइ छ । बालिका दैनिक मजदुरी गरेर खाने विपन्न दलित परिवारकी हुन् । 

दबाब र प्रभावमा पारेर कार्कीले होटेलको कोठाबाट समेत निस्कन नदिई बलात्कार गरेको पीडित बालिकाले आरोप लगाइन् । कार्कीले बालिकाको घरछेउमा मजदुरी गर्थे । पीडित बालिकाका अनुसार कार्कीले १६ पुसमा घरनजिकै बोलाएर दमकस्थित कोरोनेसन एन्ड पार्टी प्यालेसको कोठा नम्बर १०१ मा राखेको र त्यहीँ २३ पुस अर्थात् बिहीबारसम्म बन्धक बनाएर बलात्कार गरेको आरोप लगाइन् । ‘दिउँसो घरमा गएर फूल दियो । बेलुका भेटौँ भन्यो । म त केही गर्दैन होला भनेर भेट्न गएँ,’ पीडित बालिकाले भनिन्, ‘भेटेपछि तँलाई बिहे गर्छु, आज होटेलमा गएर बसौँ भन्यो । तर, मैले मानिनँ । पछि म मरिदिन्छु भन्यो । ऊ मर्‍यो भने त म फस्छु भनेर गएँ ।’

बालिकाले होटेलमा गएपछि कोठाबाट बाहिरसमेत निस्कन नदिएको सुनाइन् । ‘बाहिर निस्कँदा अरूले देख्छन्, ननिस्की भन्थ्यो । मैले तँलाई कान्छी बुढी बनाएँ । म तँलाई विवाह गर्छु, विदेश जान्छु । त्यो वेलासम्म यहीँ बस्नु भन्थ्यो,’ उनले भनिन्, ‘एकपटक बाहिर निस्केको थिएँ । कुट्दै भित्र लग्यो । ममीलाई फोन गर्छुभन्दा पनि मानेन ।’ कार्कीले भारत लैजाने भन्दै आश्वासनसमेत दिएको उनले बताइन् । ‘इन्डियामा मेरा मामाहरू हुनुहुन्छ । त्यहाँ जानुपर्छ । सुखले पाल्छु भन्यो,’ बालिकाले भनिन्, ‘मलाई पनि डर लाग्यो, उसले जे भन्यो त्यही मानेँ ।’ 

मादक पदार्थ सेवन गरेर जबर्जस्ती शारीरिक सम्बन्धका लागि बाध्य बनाउने गरेको पनि उनको आरोप छ । ‘मातेर आएर जबर्जस्ती गथ्र्यो, हुँदैन भन्दा कुट्ने धम्की दिन्थ्यो । मैले नमान्दा पनि तानेर जबर्जस्ती गर्थ्यो,’ उनले भनिन् । 

छोरी हराएपछि उनका बुबाले हुलियासहित इलाका प्रहरी कार्यालय दमकमा खोजतलासका लागि निवेदन दिए । काम गर्न आएका ती युवा पनि गाउँबाट हराएपछि परिवारले उनैमाथि शंका गरेका थिए । 

प्रहरीमा निवेदनसँगै उनीहरू युवाको घरमा समेत गए । ‘उसकी आमाले छोरासँग सम्पर्क गरिरहेकी रहिछिन् । हामीले प्रहरीकहाँ मुद्दा हाल्छौँ भनेपछि छोरालाई बिहीबार निकाले । नभन्दै मेरी छोरी पनि ऊसँगै रहिछ,’ उनी भन्छन्, ‘प्रहरीबाट तपाईंको छोरी भेटियो लिन आउनू भन्दै फोन आयो ।’ 

प्रहरी कार्यालय पुग्नुअघि कार्कीकी आमाले बालिकालाई बुहारी बनाउने वचनसहित ललाइफकाई गरेको र नमान्दा दलित भन्दै होच्याउने गरी गालीगलौज गरेको बालिकाले बताइन् । ‘सुरुमा भेट्नेबित्तिकै गाली गरिन् । पछि मलाई मेरो छोरालाई मुद्दा नहाल् भनिन्,’ बालिकाले भनिन्, ‘मलाई यस्तो गर्‍यो, म छाड्दिनँ भन्दै रोएँ । नमानेपछि तँलाई पनि जेठी बुढीमाथि आएकोमा जेल हाल्छन् । मेरो छोरोलाई पनि हाल्छन्, तँलाई बुहारी बनाउँछु, चुप लाग् है भनिन् ।’

दुईजना भेटिएपछि प्रहरी कार्यालयमा बालिकाका बुबाआमा र आफन्त आइपुगे । इलाका प्रहरी कार्यालय दमकमा सामान्य छलफल भयो । बालिकाका परिवारले केटाविरुद्ध कानुनी उपचार खोज्ने भन्दै प्रहरीसँग सल्लाह मागे । तर, प्रहरीले उल्टै गाली गरेको बालिकाकी भाउजूले बताइन् ।

‘हामीले कानुनी बाटो अपनाउँछौँ भन्दा पुलिसले खुरुक्क केटाकेटी जिम्मा लिएर जानू भन्दै हप्काए । हामीले त्यसै लादिनम् भन्दा तिमीहरू सबैलाई यहीँ थुन्छौँ भन्दै हप्काए,’ बालिकाकी भाउजूले भनिन्, ‘हाम्रो केही नलागेपछि बिहीबार जिम्मा लिएर घर गयौँ ।’ प्रहरीलाई यतिका आग्रह गर्दा पनि कार्कीलाई त्यसै छाडिदिएको उनले बताइन् । 

कार्कीविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा परिवारले शनिबार जाहेरी दर्ता गरेका छन् । दमकका डिएसपी विजयराज पण्डितले भने, ‘दोष लगाउन जे लगाए पनि भयोे । हामीले जाहेरी दर्ता गरेका छौँ । मेडिकलका लागि पठाएका छौँ । अनुसन्धान सुरु भएको छ ।’

प्रतिक्रिया