ताजा अपडेट
लन्डनमा गायक केसीले फेसबुकमा ‘गुडबाई’ लेखेर आत्महत्या
लन्डन : केही वर्षदेखि बेलायत बस्दै आएका कलाकार बद्री केसीले लन्डनमै आत्महत्या गरेका छन्। रुखमा झुन्डिएको अवस्थामा शनिबार बिहान उनको शव फेला परेको उनकै सहकर्मी राम थपलियाले जानकारी दिए।
आफ्ना साथी, परिवार र संसारलाई ‘गुडबाई’ भन्दै शुक्रबार दिउँसो फेसबुक स्टाटस लेखेका ३२ वर्षीय केसीको शव लण्डनको एजवेरस्थित उनी आफैले काम गर्ने स्कुल हातामा रहेको रुखमा झुन्डिएको अवस्थामा भेटिएको थियो।
केसीका सहकर्मी थपलियाका अनुसार उनको निराश फेसबुक स्टाटस देखेपछि शुक्रबार दिउँसोदेखि नै सहकर्मीले खोजी शुरु गरेका थिए। उनको फोनसमेत नउठेपछि प्रहरीलाई पनि खबर गरिएको थियो। प्रहरीले शुक्रबार अबेरसम्म खोज्दापनि नभेटिएका उनको शव शनिबार मात्रै फेला परेको थियो।
आत्महत्याअघि केसीले आफ्नो बैंक खातामा रहेको पैसासमेत परिवारका सदस्यलाई ट्रान्सफर गरेको पाइएको छ। आत्महत्याको कारण स्पष्ट भइसकेको छैन। उनको शव अहिले प्रहरीको नियन्त्रणमा छ र प्रहरीले यसबारे आफ्नो अनुसन्धान अघि बढाएको छ।
पोखरा घर भएका केसी झण्डै डेढ दशकअघि अध्ययनका लागि बेलायत आएका थिए। केही वर्षअघि नेपाल फर्किएका उनीपछि फेरि बेलायत आएका हुन्।
लण्डनको एजवेरस्थित मिल हिल स्कुलमा क्याटरिंग सुपरभाइजरको रुपमा कार्यरत केसी बेलायतका नेपालीमाझ लोकदोहोरी गायकका रुपमा चिनिन्थे। गाउन र नाँच्न दुवैमा सीपालु उनले यहाँको निरमाया रोधीघरमा झण्डै पाँचवर्षसम्म लोकदोहोरी गायकका रुपमा काम गरेका थिए। बेलायतका कयौं ठाउँमा आयोजना हुने कार्यक्रममा समेत उनले प्रस्तुति दिने गरेका थिए। अन्नपूर्ण पोष्ट
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया