Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

मन्त्री रायमाझीले भने पूर्व एमालेलाई फुटाउन खोज्दा पूर्व माओवादी ‘चिरा परेको’ मेसो पाएनन प्रचण्डले

मन्त्री रायमाझीले भने   पूर्व एमालेलाई फुटाउन खोज्दा पूर्व माओवादी ‘चिरा परेको’ मेसो पाएनन  प्रचण्डले

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओलीसमूह र प्रचण्ड-नेपाल समूहले आइतबार एकै दिन नवलपुरमा छुट्टाछुट्टै भेला गरेका छन् । नेकपाको ओलीसमूहले कावासोतीमा र प्रचण्ड–नेपालसमूहले मध्यबिन्दु नगरपालिका ७ चोरमारामा भेला आयोजना गरेका हुन् ।

नवलपरासीपूर्व कावासोतीस्थित सितारा रिसोर्टमा आयोजित ओली समूहको कार्यकर्ता भेलामा बोल्दै नेकपा ओली समूहका स्थायी समिति सदस्य एवम् उर्जामन्त्री टोपबहादुर रायमाझीले प्रचण्डले पूर्व एमालेलाई फुटाउन खोज्दा पूर्व माओवादी चिरा परेको मेसो नपाएको बताए । आफ्नै पार्टीका नेता तथा सांसदहरु पार्टी फुटाउने योजनाका साथ सरकारको विरोधमा उत्रिएको उनको भनाइ थियो । नेकपा अध्यक्ष प्रचण्डले पूर्व एमालेलाई फुटाउन खोज्दा आफ्नै माओवादीभित्र फुट आएको मेसो नपाएको उनको तर्क थियो । 

आफ्नै पार्टीका नेता र सांसदहरुले सरकारले गरेका राम्रा कामको प्रचारप्रसार र स्थापित गर्न छाडेर सरकारको विरोध गर्ने काम मात्रै गरेको मन्त्री रायमाझीले आरोप लगाए ।

यस्तै, ओली समूहको भेलामा नेकपा ओली समूहका गण्डकी प्रदेश सहइन्चार्ज एवम् गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले संसद विघटनको मुद्दा सर्वोच्च अदालतले संवैधानिक इजलासमा पठाउनु नै संसद विघटनको प्रक्रिया संवैधानिक कदम भएको उल्लेख गरे ।

ओली समूहको भेला कावासोतीमा चलिरहँदा आज नै नवलपरासीपूर्व मध्यबिन्दु नगरपालिका ७ चोरमारामा नेकपा प्रचण्ड–नेपाल समूहले पनि छुट्टै अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेका थिए । प्रचण्ड नेपाल समूहको जनवर्गीय संगठनहरुको भेलामा युवा नेता ठाकुर गैरेसहित जिल्लास्तरीय नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया