Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

मन्त्री रायमाझीले भने पूर्व एमालेलाई फुटाउन खोज्दा पूर्व माओवादी ‘चिरा परेको’ मेसो पाएनन प्रचण्डले

मन्त्री रायमाझीले भने   पूर्व एमालेलाई फुटाउन खोज्दा पूर्व माओवादी ‘चिरा परेको’ मेसो पाएनन  प्रचण्डले

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओलीसमूह र प्रचण्ड-नेपाल समूहले आइतबार एकै दिन नवलपुरमा छुट्टाछुट्टै भेला गरेका छन् । नेकपाको ओलीसमूहले कावासोतीमा र प्रचण्ड–नेपालसमूहले मध्यबिन्दु नगरपालिका ७ चोरमारामा भेला आयोजना गरेका हुन् ।

नवलपरासीपूर्व कावासोतीस्थित सितारा रिसोर्टमा आयोजित ओली समूहको कार्यकर्ता भेलामा बोल्दै नेकपा ओली समूहका स्थायी समिति सदस्य एवम् उर्जामन्त्री टोपबहादुर रायमाझीले प्रचण्डले पूर्व एमालेलाई फुटाउन खोज्दा पूर्व माओवादी चिरा परेको मेसो नपाएको बताए । आफ्नै पार्टीका नेता तथा सांसदहरु पार्टी फुटाउने योजनाका साथ सरकारको विरोधमा उत्रिएको उनको भनाइ थियो । नेकपा अध्यक्ष प्रचण्डले पूर्व एमालेलाई फुटाउन खोज्दा आफ्नै माओवादीभित्र फुट आएको मेसो नपाएको उनको तर्क थियो । 

आफ्नै पार्टीका नेता र सांसदहरुले सरकारले गरेका राम्रा कामको प्रचारप्रसार र स्थापित गर्न छाडेर सरकारको विरोध गर्ने काम मात्रै गरेको मन्त्री रायमाझीले आरोप लगाए ।

यस्तै, ओली समूहको भेलामा नेकपा ओली समूहका गण्डकी प्रदेश सहइन्चार्ज एवम् गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले संसद विघटनको मुद्दा सर्वोच्च अदालतले संवैधानिक इजलासमा पठाउनु नै संसद विघटनको प्रक्रिया संवैधानिक कदम भएको उल्लेख गरे ।

ओली समूहको भेला कावासोतीमा चलिरहँदा आज नै नवलपरासीपूर्व मध्यबिन्दु नगरपालिका ७ चोरमारामा नेकपा प्रचण्ड–नेपाल समूहले पनि छुट्टै अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेका थिए । प्रचण्ड नेपाल समूहको जनवर्गीय संगठनहरुको भेलामा युवा नेता ठाकुर गैरेसहित जिल्लास्तरीय नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया