Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

कञ्चनपुरको पुनर्वास नगरपालिकाका मेयर थापालाई ६ घण्टा कार्यकक्षमै थुनियो, सुकुमवासीको तालाबन्दी जारी

कञ्चनपुरको पुनर्वास नगरपालिकाका मेयर थापालाई ६ घण्टा कार्यकक्षमै थुनियो, सुकुमवासीको तालाबन्दी जारी

कञ्चनपुुर जिल्लाको पुुनर्वास नगरपालिकाका मेयर जीवनराज थापालाई आइतबार ६ घण्टा कार्यकक्षमै थुनिएको छ। नगरपालिकास्थित आन्दोलनरत सुकुमवासी तथा अव्यवस्थित बासोवासीहरुले आफुहरुको व्यवस्थापनमा नगरपालिकाले बेवास्ता गरेको भन्दै ६ घण्टासम्म कार्यकक्षमै थुनेका हुन्। उनलाई दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म कार्यकक्षभित्र तालाबन्दी गरेर थुनेका हुन्। मेयरलाई साँझ थुनामुक्त गरेपनि तालाबन्दी भने कायमै राखिएको बताइएको छ।

मेयर थापाले भूमि सम्बन्धी समस्या समाधान आयोगले पुनर्वास नगरपालिकालाई जग्गाको लालपुर्जा वितरणको प्रक्रियाबाट छुटाएपछि आक्रशित नगरवासीले संघर्ष गर्दै आएको दिनेशखबरलाई बताए। लालपुर्जा वितरणको अधिकार आफुलाई नभए पनि आफुले आयोग र संघीय भूमि मन्त्रालयलाई समेत पहलको लागि पत्रचार गरेपनि आक्रोशित नगरवासीले संघर्ष गर्दै आएको उनको भनाइ छ।

सुकुमवासी संघर्ष समिति पुनर्वासका संयोजक जगत बहादुर सायरले आफुहरुले भोगचलन गर्दै आएको जमिनको लालपूर्जासहित व्यवस्थित बसोवासको माग गर्दै आएको र कार्यालयमा तालाबन्दी गरेको बताए।

कञ्चनपुरका अधिकांश स्थानीय तहहरुसँग आयोगले पुर्जा वितरण गर्न आयोग सँग सम्झौता गरेर काम थालेपनि पुनर्वासमा भने कुनै सुरसार नदेखाएपछि आन्दोलन गर्नुपरेको उनको भनाइ छ।

यसअघि पनि संघर्ष समितिले पुस २० गते मौन जुलुस निकालेको थियो। पुनर्वासमा करिब ५ दशकदेखि अव्यवस्थित तथा सुकुम्वासीको रुपमा ४ हजार २ सयभन्दा बढी घरपरिवार बस्दै आएको बताइएको छ।

प्रतिक्रिया