Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कञ्चनपुरको पुनर्वास नगरपालिकाका मेयर थापालाई ६ घण्टा कार्यकक्षमै थुनियो, सुकुमवासीको तालाबन्दी जारी

कञ्चनपुरको पुनर्वास नगरपालिकाका मेयर थापालाई ६ घण्टा कार्यकक्षमै थुनियो, सुकुमवासीको तालाबन्दी जारी

कञ्चनपुुर जिल्लाको पुुनर्वास नगरपालिकाका मेयर जीवनराज थापालाई आइतबार ६ घण्टा कार्यकक्षमै थुनिएको छ। नगरपालिकास्थित आन्दोलनरत सुकुमवासी तथा अव्यवस्थित बासोवासीहरुले आफुहरुको व्यवस्थापनमा नगरपालिकाले बेवास्ता गरेको भन्दै ६ घण्टासम्म कार्यकक्षमै थुनेका हुन्। उनलाई दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म कार्यकक्षभित्र तालाबन्दी गरेर थुनेका हुन्। मेयरलाई साँझ थुनामुक्त गरेपनि तालाबन्दी भने कायमै राखिएको बताइएको छ।

मेयर थापाले भूमि सम्बन्धी समस्या समाधान आयोगले पुनर्वास नगरपालिकालाई जग्गाको लालपुर्जा वितरणको प्रक्रियाबाट छुटाएपछि आक्रशित नगरवासीले संघर्ष गर्दै आएको दिनेशखबरलाई बताए। लालपुर्जा वितरणको अधिकार आफुलाई नभए पनि आफुले आयोग र संघीय भूमि मन्त्रालयलाई समेत पहलको लागि पत्रचार गरेपनि आक्रोशित नगरवासीले संघर्ष गर्दै आएको उनको भनाइ छ।

सुकुमवासी संघर्ष समिति पुनर्वासका संयोजक जगत बहादुर सायरले आफुहरुले भोगचलन गर्दै आएको जमिनको लालपूर्जासहित व्यवस्थित बसोवासको माग गर्दै आएको र कार्यालयमा तालाबन्दी गरेको बताए।

कञ्चनपुरका अधिकांश स्थानीय तहहरुसँग आयोगले पुर्जा वितरण गर्न आयोग सँग सम्झौता गरेर काम थालेपनि पुनर्वासमा भने कुनै सुरसार नदेखाएपछि आन्दोलन गर्नुपरेको उनको भनाइ छ।

यसअघि पनि संघर्ष समितिले पुस २० गते मौन जुलुस निकालेको थियो। पुनर्वासमा करिब ५ दशकदेखि अव्यवस्थित तथा सुकुम्वासीको रुपमा ४ हजार २ सयभन्दा बढी घरपरिवार बस्दै आएको बताइएको छ।

प्रतिक्रिया