Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

भारतबाट कैलालीको त्रिनगर नाका भएर ८५ हजार नेपाली भित्रिए

भारतबाट कैलालीको त्रिनगर नाका भएर ८५ हजार नेपाली भित्रिए


धनगढी- कैलालीको त्रिनगर नाका भएर ८५ हजार बढि नेपाली भित्रिएका छन्। जेठ २ गतेदेखि भारतका विभिन्न स्थानबाट स्वदेश फर्किनेहरुको उद्दार थालेको जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार त्रिनगर नाकाबाट ८५ हजार बढि नेपाली भित्रिएका हुन्।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले उद्दार कार्य सुरु भएदेखि शनिबार सम्म ८५ हजार नौँ सय जना त्रिनगर नाका भएर भित्रिएको जानकारी दिए। उनीहरु मध्ये अधिकांश सुदूरपश्चिमकै बासिन्दा रहेको सूचना अधिकारी जोशीले बताए।

सुरुका दिनमा स्वदेश फर्किनेहरुको दैनिक संख्या पाँचदेखि ६ हजारको हाराहारीमा हुने गरेकोमा अहिले घटेको छ। अहिले त्रिनगर नाकाबाट औसतमा दैनिक दुई सय ४५ जना सम्म फर्किरहेका छन्।

सूचना अधिकारी जोशीले पछिल्लो ७ दिनको अवधीमा त्रिनगरबाट एक हजार सात सय जना भित्रिएको बताए। उनका अनुसार शनिबार मात्र दुई सय ४० जना फर्किएका छन्। असार १२ गते अहिले सम्मकै सबैभन्दा कम एक सय ७५ जना फर्किएका थिए।

भारतबाट फर्किनेको संख्या घटेपछि प्रदेशका क्वारेन्टिनहरुमा समेत चाप कम भएको छ। अहिले प्रदेशभर १६ हजार नौ सय जनालाई मात्र क्वारेन्टिनमा राखिएको छ। सबैभन्दा बढि कैलालीमा तीन हजार नौँ सय ३० जना अहिले पनि क्वारेन्टिनमा बसिरहेका छन्।

यस्तै अछाममा दुई हजार चार सय ५८, कञ्चनपुरमा एक हजार नौँ सय ७९, बैतडीमा एक हजार चार सय ३४, बझाङमा एक हजार नौँ सय ४४, बाजुरामा एक हजार चार सय ९१, डडेल्धुरामा आठ सय ६२, दार्चुलामा पाँच सय ५०, डोटीमा एक हजार सात सय ५४ जना क्वारेन्टिनमा रहेका छन्।

यसअघि क्वारेन्टिनमा बसेकाहरु अवधी पूरा गरेर घर फर्किसकेका छन्। 

प्रतिक्रिया