Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

भारतबाट कैलालीको त्रिनगर नाका भएर ८५ हजार नेपाली भित्रिए

भारतबाट कैलालीको त्रिनगर नाका भएर ८५ हजार नेपाली भित्रिए


धनगढी- कैलालीको त्रिनगर नाका भएर ८५ हजार बढि नेपाली भित्रिएका छन्। जेठ २ गतेदेखि भारतका विभिन्न स्थानबाट स्वदेश फर्किनेहरुको उद्दार थालेको जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार त्रिनगर नाकाबाट ८५ हजार बढि नेपाली भित्रिएका हुन्।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले उद्दार कार्य सुरु भएदेखि शनिबार सम्म ८५ हजार नौँ सय जना त्रिनगर नाका भएर भित्रिएको जानकारी दिए। उनीहरु मध्ये अधिकांश सुदूरपश्चिमकै बासिन्दा रहेको सूचना अधिकारी जोशीले बताए।

सुरुका दिनमा स्वदेश फर्किनेहरुको दैनिक संख्या पाँचदेखि ६ हजारको हाराहारीमा हुने गरेकोमा अहिले घटेको छ। अहिले त्रिनगर नाकाबाट औसतमा दैनिक दुई सय ४५ जना सम्म फर्किरहेका छन्।

सूचना अधिकारी जोशीले पछिल्लो ७ दिनको अवधीमा त्रिनगरबाट एक हजार सात सय जना भित्रिएको बताए। उनका अनुसार शनिबार मात्र दुई सय ४० जना फर्किएका छन्। असार १२ गते अहिले सम्मकै सबैभन्दा कम एक सय ७५ जना फर्किएका थिए।

भारतबाट फर्किनेको संख्या घटेपछि प्रदेशका क्वारेन्टिनहरुमा समेत चाप कम भएको छ। अहिले प्रदेशभर १६ हजार नौ सय जनालाई मात्र क्वारेन्टिनमा राखिएको छ। सबैभन्दा बढि कैलालीमा तीन हजार नौँ सय ३० जना अहिले पनि क्वारेन्टिनमा बसिरहेका छन्।

यस्तै अछाममा दुई हजार चार सय ५८, कञ्चनपुरमा एक हजार नौँ सय ७९, बैतडीमा एक हजार चार सय ३४, बझाङमा एक हजार नौँ सय ४४, बाजुरामा एक हजार चार सय ९१, डडेल्धुरामा आठ सय ६२, दार्चुलामा पाँच सय ५०, डोटीमा एक हजार सात सय ५४ जना क्वारेन्टिनमा रहेका छन्।

यसअघि क्वारेन्टिनमा बसेकाहरु अवधी पूरा गरेर घर फर्किसकेका छन्। 

प्रतिक्रिया