ताजा अपडेट
पूर्वराजा शाह भन्नुहुन्छ एकताको गाँठो बलियो पार्नुपर्छ
पूर्वराजा ज्ञानेन्द्र शाहले एकताको गाँठो बलियो पार्नु पर्नेमा जोड दिएका छन् । २९९ औं पृथ्वी जयन्तीको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले राष्ट्रिय अखण्डताका निम्ति एकताको गाँठो बलियो बनाउनुपर्ने बताएका हुन् ।
'राष्ट्रिय अखण्डताका निम्ति हामीले एकताको गाँठो बलियो पार्नु पर्दछ । यसको औचित्य हिजो थियो, आज छ र भविष्यमा पनि रहने छ', सन्देशमा भनिएको छ, 'यसैमा पृथ्वी जयन्तीको सार्थकता रहन्छ भन्ने हाम्रो मान्यता हो ।'
हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्ती मनाइन्छ । सोमबार पृथ्वी जयन्तीका अवसरमा राप्रपा लगायत केही दल र व्यक्तिहरुले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने तयारी गरेका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया