Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

किसान संघ अछामद्वारा विभिन्न माग राख्दै प्रशासन कार्यालय अछाममा ज्ञापन पत्र पेश

किसान संघ अछामद्वारा विभिन्न माग राख्दै प्रशासन कार्यालय अछाममा ज्ञापन पत्र पेश

नेपाल किसान संघ अछामले विभिन्न ७ बुदे माग राख्दै जिल्ला प्रशासन कार्यालय अछाममा ज्ञापन पत्र बुझाएको छ । कृषिको क्षेत्रमा काम गर्ने कृषि ज्ञानकेन्द्र लगायत जिल्लाका विभिन्न पालिकाहरूमा रहेका कृषि शाखाहरूबाट कृषकलाई राहात दिनुको सट्टा उल्टै अफ्ठेरोमा पारेकाले सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै जिल्ला प्रशासन कार्यालय अछाममा ज्ञापनपत्र बुझाएको हो । पछिल्लो समयमा अछामका किसानहरूले धेरै दुख्ख पाईरहेकाले यथासिघ्र किसानका समस्याहरू समाधान गर्न ज्ञापनपत्र मार्फत अनुरोध गरिएको छ ।

ज्ञापनपत्रमा वितरणमुखि कार्यक्रम भन्दा सेवामूलक कार्यक्रममा जोडदिनुपर्ने, तरकारी,फलफूल , गहु, बाली तथा अालु खेतीमा देखिएको रोग तत्काल व्यवस्थापन गर्नुपर्ने , बाख्रा तथा कुखुरामा देखिएको रोग को पहिचान गरि कृषकलाई उचित क्षतिपूर्ति दिनुपर्ने , वास्तविक किसानको पहिचानगरि अनुदानको वयवस्था गर्नुपर्ने र कृषकलाई समयमै गुणस्तरीय बिउ बिजन र मलखादको व्यवस्था गर्नुपर्ने लगायतका मागहरू ज्ञापनपत्रमा उल्लेख गरिएको छ । कृषकहरूका समस्या एकातिर सम्बन्धित निकायको बाटो अर्कै तिर भईरहेकाले तत्काल अाफ्ना गतिविधि सच्याएर किसानको पक्षमा कामगर्न किसान संघ अछामले माग गरेको छ । समयमै माग पुरा नभए थप अान्दोलनका कार्यक्रमहरूको घोषणा गर्ने किसान संघ अछामका सचिव कृष्णप्रसाद देवकोटाले चेतावनी दिनुभएको छ ।

किसान संघ अछामले कृषि ज्ञानेन्द्र मंगलसेन, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मंगलसेन, प्रधानमन्त्री कृषि अाधुनिकिकरण परियोजना कार्यनयन ईकाई अछाम तथा जिल्लाका सबै पालिकाहरूमा ज्ञापनपत्र बोधार्थका रूपमा बुझाएको छ ।उक्त कार्यक्रममा किसान संघका जिल्ला अध्यक्ष ललित कुवर,उपसभापति सहदेव ढुङ्गाना लगायतको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया