Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

किसान संघ अछामद्वारा विभिन्न माग राख्दै प्रशासन कार्यालय अछाममा ज्ञापन पत्र पेश

किसान संघ अछामद्वारा विभिन्न माग राख्दै प्रशासन कार्यालय अछाममा ज्ञापन पत्र पेश

नेपाल किसान संघ अछामले विभिन्न ७ बुदे माग राख्दै जिल्ला प्रशासन कार्यालय अछाममा ज्ञापन पत्र बुझाएको छ । कृषिको क्षेत्रमा काम गर्ने कृषि ज्ञानकेन्द्र लगायत जिल्लाका विभिन्न पालिकाहरूमा रहेका कृषि शाखाहरूबाट कृषकलाई राहात दिनुको सट्टा उल्टै अफ्ठेरोमा पारेकाले सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै जिल्ला प्रशासन कार्यालय अछाममा ज्ञापनपत्र बुझाएको हो । पछिल्लो समयमा अछामका किसानहरूले धेरै दुख्ख पाईरहेकाले यथासिघ्र किसानका समस्याहरू समाधान गर्न ज्ञापनपत्र मार्फत अनुरोध गरिएको छ ।

ज्ञापनपत्रमा वितरणमुखि कार्यक्रम भन्दा सेवामूलक कार्यक्रममा जोडदिनुपर्ने, तरकारी,फलफूल , गहु, बाली तथा अालु खेतीमा देखिएको रोग तत्काल व्यवस्थापन गर्नुपर्ने , बाख्रा तथा कुखुरामा देखिएको रोग को पहिचान गरि कृषकलाई उचित क्षतिपूर्ति दिनुपर्ने , वास्तविक किसानको पहिचानगरि अनुदानको वयवस्था गर्नुपर्ने र कृषकलाई समयमै गुणस्तरीय बिउ बिजन र मलखादको व्यवस्था गर्नुपर्ने लगायतका मागहरू ज्ञापनपत्रमा उल्लेख गरिएको छ । कृषकहरूका समस्या एकातिर सम्बन्धित निकायको बाटो अर्कै तिर भईरहेकाले तत्काल अाफ्ना गतिविधि सच्याएर किसानको पक्षमा कामगर्न किसान संघ अछामले माग गरेको छ । समयमै माग पुरा नभए थप अान्दोलनका कार्यक्रमहरूको घोषणा गर्ने किसान संघ अछामका सचिव कृष्णप्रसाद देवकोटाले चेतावनी दिनुभएको छ ।

किसान संघ अछामले कृषि ज्ञानेन्द्र मंगलसेन, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मंगलसेन, प्रधानमन्त्री कृषि अाधुनिकिकरण परियोजना कार्यनयन ईकाई अछाम तथा जिल्लाका सबै पालिकाहरूमा ज्ञापनपत्र बोधार्थका रूपमा बुझाएको छ ।उक्त कार्यक्रममा किसान संघका जिल्ला अध्यक्ष ललित कुवर,उपसभापति सहदेव ढुङ्गाना लगायतको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ