Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

भिम रावलको राष्ट्रिय नेताको हैसियत पनि हैन : पूर्व राज्यमन्त्री कडायत

भिम रावलको राष्ट्रिय नेताको हैसियत पनि हैन : पूर्व राज्यमन्त्री कडायत

पुस २७ अछाम

केपी वली पक्षका केन्द्रीय सदस्य तथा अछामी कम्युनिस्ट अान्दोलनका हस्ती पूर्व राज्यमन्त्री भिमबहादुर कडायतले पूर्व उपप्रधानमन्त्री , गृह मन्त्री तथा रक्षा मन्त्री समेत भैसकेका विगठित प्रतिनिधिसभा सदस्य भिम रावललको राष्ट्रिय नेताको हैसियत समेत नरहेको बताउनु भएको छ । रावललाई केही व्यक्ति र मिडियाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेता भन्दै भिम रावलको प्रचार गरेको देख्दा अचम्ममा परेको उहाँले बताउनुभयो ।

केपि ओलि पक्षले मंगलसेनमा गरेको कार्यक्रम पश्चात् आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य रावललाई लक्षित गर्दै नेता कडायतले योग्यता अनुसारको आचारण देखाउन नसकेको बताउनु भयो । पदको लडाइँको लागि पार्टी भित्रका नेताहरू मरिहत्ते गर्न थालेपछि प्रधानमन्त्रीले संसद विघटन गरेको बताउनुभएको छ । एउटै पार्टीको सरकार भएपनि पार्टी भित्रीकै नेताहरू सरकारका बिरूद्वमा लागेर सरकार नै ढाल्ने खेलमा लागेपछि प्रधानमन्त्री बाध्य भएर संसद विघटन गर्नुभएको बताउनुभयो । चुनाव देखि डराउनेहरूले मात्रै केपी वलीको विरोध गर्ने गरेको भन्दै सडकमा जानुभन्दा निर्वाचनको तयारीमा जुट्न समेत अाग्रह गर्नुभएको छ । केपी वलीले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएकाले ओलीको विरोध नभई प्रशंसाा गर्नुभएको छ । नेपाली काङ्ग्रेस जस्तो लोकतान्त्रिक पार्टीले चुनावको विरोध गर्नु नसुहाउने भन्दै चुनावको तयारीमा जुट्न समेत अनुरोध गर्नुभएको छ ।

केपी वली पक्षको अायोजनामा मंगलसेनमा भएको कार्यक्रममा प्रमुख अतिथिको अासन बाट बोल्दै नेता कडायतले भिम रावलको नक्कली राष्ट्रवादले काम नगर्ने भएकाले पार्टी विभाजन हनुमा भिम रावलको पनि ठूलो हात रहेको अारोप लगाउनुभएको छ । अछाममा केपी पक्ष माधव प्रचण्डपक्ष भन्दा बलियो हुने समेत दाबी गर्नुभएको छ । पार्टीका जिल्ला अध्यक्ष चन्द्र बोहराको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य झपट बोहराले राजनीतिक क्रान्तिसंगसंगै अार्थिक क्रान्तिलाई पनि अगाडि बढाउन सकेमात्रै मुलुकले फट्को मार्ने बताउनुभएको छ । देशलाई सही गतिमा अगाडि बढाउन केपी वलीले सकारात्मक गतिविधि अगाडि बढाएकाले त्यो देख्न नसकी पार्टी भित्रकै नेतृत्व सरकारलाई असफल बनाउन तर्फ उद्दत रहेकाले पार्टी विभाजनको स्थितिमा पुगेको बताउनुभयो । पार्टी विभाजन हुनुमा माधव र प्रचण्ड बढि दोषि रहेकाले उनीहरू कुनैपनि हालतमा सफल नहुने बताउनु भएको छ ।

सूदुरपश्चिम प्रदेशको अर्थमन्त्रीको समेत जिम्मेवारि समहालि सक्नुभएका नेता बोहराले चुनावमा अाई जितेर देखाउन भिम रावललाई चुनौती समेत दिनुभएको छ । पार्टीका नेता कृष्णप्रसाद जैसीले अाधिकारिक पार्टी केपी वली नेतृत्वको भएकाले कार्यकर्तालाई अन्यौलमा नपर्न अनुरोध गर्नुभएको छ । माधव- प्रचण्ड समूहले पार्टीको सम्पतिमाथि आँखा लगाएकाले सार्वजनिक सम्पति माथि गिद्देनजर नलगाउन समेत अनुरोध गर्नुभएको छ । पदका लागि मरिहत्ते गर्ने माधव प्रचण्ड समूहकै कारण पार्टी फुटको संघारमा पुगेको समेत अारोप लगाउनु भएको छ । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य यज्ञ बहादुर बोगटी, कमल तिमलसैना, पदम बहादुर बोहरा, शिव प्रसाद उपाध्याय, भिम जनाला, भिम बिष्ट , मना अधिकारी लगायतले मन्तब्य राख्नु भएको थियो । सोही बिस्तारित बैठकले अछाम जिल्लामा चन्द्र बहादुर बोहराको अध्यक्षतामा ४ सय ५१ जनाको पार्टिको जिल्ला कमिटी गठन गरेको छ ।

प्रतिक्रिया